दाङ । दाङमा आत्महत्याका घटनाहरु बढदै गएको प्रहरी तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा झुण्डिएर तथा विष सेवन गरी दुई सय नौ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४-०७५ मा एक सय ८४ जनाले र आर्थिक वर्ष २०७३-७४ मा एक सय ९६ जनाले आत्महत्या गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालयसँग रहेको दाङका प्रहरी उपरीक्षक जनक भट्टले बताए ।
गरिबी, दिर्घरोग, मानसिक असन्तुलन, असफल प्रेम, पारीवारिक असफला, हिंसालगायतका कारणले आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । आत्महत्या बढ्दै गएपछि प्रहरीको पनि टाउको दुखाईको विषय बनेको छ ।
आत्महत्याका घटना भएपछि एक पक्षले अर्को पक्षलाई हत्याको आरोप लगाउने प्रचलन बढेर गएको प्रहरीको भनाई छ ।