site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बेनिली मोडल हन्टमा ५५ प्रतियोगी 

काठमाडौं । ‘बेनिली मोडल हन्ट नेपाल–२०१९’को अन्तिम प्रतिस्पर्धामा देशभरबाट ५५ जना युवायुवती छनोट भएका छन् । यही शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजामा अन्तिम प्रतिस्पर्धा हुने छ । प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिको प्रतिभा निखार्ने प्रशिक्षकको जिम्बेवारी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, लगायतले लिएका छन् । रोजिन शाक्य प्रतियोगिताको मुख्य प्रशिक्षक हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताका लागि भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् ।

पाँच वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शीर्ष विजेता छानिने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १७:१०
प्रतिक्रिया दिनुहोस्