site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पेट्रोल, डिजेल र मटीतेलको मूल्य घट्‍यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको छ । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ, डिजेल ९५ र मटीतेल ९५ रुपैयाँ हुनेछ । 

यो मूल्य आज (मंगलबार) मध्यान्ह १२ बजेदेखि नै लागू भएको छ ।

भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजना उद्घाटन आज हुँदैछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १२:०१
प्रतिक्रिया दिनुहोस्