_1420232453.jpg)
काठमाडौं । कवि बसन्त चौधरीले आफ्नो विश्व-काव्ययात्राको दोस्रो चरणको थालनी क्यानडाको टोरन्टोबाट गरेका छन् । यही ८ सेप्टेम्बरका दिन टोरन्टोमा उनको एकल कविचावाचन सम्पन्न भयो ।
कवितावाचनका माध्यमबाट प्रवासी नेपालीलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा-साहित्यको प्रचार-प्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्य रहेको बताउँदै उनले कार्यक्रममा डेढ दर्जनजति कविता सुनाए ।
उक्त कार्यक्रम नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा सम्पन्न भएको थियो ।
आफ्नो बहुचर्चित आध्यात्मिक रचना ‘माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ, यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’ बाट सुरु गरेर शाश्वत प्रेमसँगसँगै देशको समकालीन विषयवस्तुमाथि रचित तथा प्रकृतिसंग जोडिएका विभिन्न कविता करिब दुई घण्टाको समय लिएर वाचन गरेका थिए ।
कविता वाचनका क्रममा बसन्त चौधरीले भने, ‘शब्द ब्रह्म हो । आभास र अनुभूतिमा यो बोलिरहन्छ । किनभने, अन्तर्आत्माको भाषाको आवाज हुँदैन ।’
कविता वाचनका क्रममा उनले दुईवटा गजल पनि सुनाएका थिए, जुन गजल उनका लोकप्रिय गजलमध्येमा पर्छन् । उनले बीचमा आफ्नो कार्यव्यस्तताका कारण केही समय रोकिएको विश्व–काव्ययात्रा क्यानडाबाट सुरु गरेको बताए ।
कविता वाचनकै क्रममा प्रवासमा बस्नेहरूकै लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ कविता वाचन गर्नुअघि उनले भने, ‘हामीबीच कुनै भेद् छैन् । हामी एउटै मुटुका धड्कन हौं । कहिले त्यहाँ धड्किन्छौँ, कहिले यहाँ धड्किन्छौँ । हामीले सुन्न सक्नुपर्छ ती आवाजहरुलाई, अनि बुभ्mछौँ, यी आवाजमा एउटै संगीत बजिरहेको छ ।’
क्यानडाबाट थालिएको विश्व-काव्ययात्रा ११ सेप्टेम्बर २०१९ मा न्यूयोर्कमा र २० औँ श्रृंखला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा आयोजना हुँने प्रेस विज्ञप्तिमा जनाइएको छ ।