site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘भद्रगोल’को पुरानो समूहले नयाँ टेलिचलचित्र ल्याउँदै

काठमाडौं । हास्य टेलिचलचित्र ‘भद्रगोल’को पुरानो समूहले नयाँ टेलि श्रृंखला ल्याउने भएको छ । ‘भद्रगोल’ नाम अरुले नै लिएपछि ‘भद्रगोल’को पुरानो समूहले नयाँ हास्य टेलिचलचित्र ल्याउन लागेको हो । 

ज्योती काफ्ले र अशोक धितालको लेखन तथा निर्देशनमा मिडिया हबले नै ‘भद्रगोल’ ल्याएपछि पुरानो समूहले नयाँ टेलिचलचित्रको तयारी गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हाम्रो टिमले नयाँ हाँस्य टेलिचलचित्र ल्याउँदैछु,” हाँस्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले बाह्रखरीसँग भने, “यही बुधरबार हामी राम्रो टेलिचलचित्रको नाम सार्वजनिक गर्दैछौं । के नाम राख्ने भन्ने विषयमा हाम्रो टिममा छलफल भइरहेको छ ।” 

घिमिरेले अहिले आफूहरु नयाँ हाँस्य टेलिचलचित्रको छायांकनमा रहेको बताए । असोज २ गतेबाट हरेक बिहीबरबाट प्रशारण हुने उनको भनाइ छ ।

“भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हबबीचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगोल लाई निरन्तर सन्चालनमा ल्याउन हामीले विभिन्न चरणमा छलफल गर्यौं,” घिमिरेले भने, “दूर्भाग्य भद्रगोलको नाम, डिजाइन, लेखन, निर्माण, निर्देशन गर्ने हामीसँग भद्रगोल नामको अधिकार छैन ।” 

सर्जकले सिर्जना गरेको अधिकार सर्जकमै हुनुपर्छ भनेर पहल गर्दा पनि अधिकार पाउन नसकेपछि नयाँ टेलिचलचित्र ल्याउन लागेको उनले स्पष्ट पारे । 

तस्बिर : अर्जुन घिमिरेको फेसबुकबाट 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १७:११
प्रतिक्रिया दिनुहोस्