साहित्य

एजेन्सी । बलिउड अभिनेता अक्षयकुमार आज आफ्नो ५२ औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको अवसर पारेर उनले आफ्ना प्रशंसकहरुलाई मनोरञ्जक उपहार दिएका छन् ।
अक्षयकुमारले आज आफ्नो ऐतिहासिक फिल्म ‘पृथ्वीराज’ को आधिकारिक घोषणा गरेर प्रशंसकहरुलाई उपहार दिएका हुन् । यो फिल्म हिन्दू सम्राट पृथ्वीराजसिंह चौहानको जीवनीमा आधारित हुने बताइएको छ ।
फिल्ममा अक्षयकुमार पृथ्वीराज चौहानको मुख्य भूमिकामा देखिने छन् । यशराज प्रोडक्शनमा निर्माण हुने फिल्मलाई डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्ने भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६ १५:५१
प्रतिक्रिया दिनुहोस्