site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नेपाल लोक स्टार’मा बाँकी रहे नौ प्रतिस्पर्धी, विदा भए सुशील

काठमाडौं । मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’मा अब नौ  जना प्रतिस्पर्धी बाँकी रहेका छन् । बिहीबारको प्रस्तुतीका आधारमा सुशील आचार्य बाहिरिएपछि ९ जना प्रतिस्पर्धी बाँकी रहेका हुन् । 

बुटवलका सुशीलले ‘नेपाल लोक स्टार’मा रामराम बनैमा, गलबन्दी, टुङ्गनाको धुनमा, आगे आगे तोपैको गोला, साईली रिमाइ, फूलमा मौरी, झम्के गुलेली, नाच फिरिरी लगायत गीत गाएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल आइडल सिजन–२ मा थिएटर राउन्डसम्म पुगेका सुशील वुटवल आइडल ०७४ का विजेता पनि हुन् । टप २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय भइरहेको छ । 

प्रतियोगितामा अब रामकुमार नेपाली, रवीराज शाह, चेतन गोतामे, प्रभुराज पाण्डे, शनी विश्वकर्मा, मुना अर्याल, विनोद दनुवार, पविन्द्र सुनार र दीपेन्द्र राई बाँकी छन् । 

३६ औं श्रृंखलासम्म प्रशारण हुने कार्यक्रमका विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्