साहित्य

काठमाडौं । लेखक टी. एन. भट्ट विश्वामित्रको उपन्यास ‘डेड शुक्रवीर’ सार्वजनिक भएको छ । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राध्यापक राजेन्द्र सुवेदीलगायतले विश्वामित्रको उपन्यास सार्वजनिक गरे ।
सो अवसरमा उत्तम पोखरेल र यज्ञश्वर निरौलाले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदी, साहित्यकार भुवनहरि सिग्देल, डा. नवराज लम्साल र लेखक टीएन भट्टले बोलेका थिए ।
उपन्यासकार टीएन भट्ट विश्वामित्रले बाह्रखरीसँग कुरा गर्दै सार्वजनिक उपन्यासमा सामाजिक विकृति विसंगतिलाई मनोवैज्ञानिकरुपमा उठाइएको बताए । उनले अहिलेको सामाजिक विचलनबाट डराएको मानिसको कथा यस उपन्यासमा समेटिएको उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६ १३:५५
प्रतिक्रिया दिनुहोस्