site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हङकङमा चलिरहेको आन्दोलनले ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ रोकियो

काठमाडौं । हङकङमा सन् २०१९मा हुने भनिएको ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ केही समयलाई सरेको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको अवार्ड हङकङमा पछिल्लो समय भइरहेको आन्दोलनका कारण सर्ने भएको हो । 

अवार्ड आयोजक संस्था एभरेष्ट इन्टरटेन्मेन्टका प्रमुख लोकराज लिम्बुले हङकङमा चलिरहेको आन्दोलनका कारण अवार्डको लागि हल र मिति तय गरेपनि स्थगित गर्नुपरेको बताए । उनले भने, “हामीले बारम्बार अवार्डका लागि मिति तय गरेका थियौं । तर हङकङमा भैरहेको आन्दोलन रोकिने छनक देखिएको छैन । यहीकारणले पनि हामीले अर्को वर्ष अवार्ड गर्ने निधो गरेका हौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०१९ मा आयोजना हुने भनिएको ‘एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ सन् २०२० का लागि सरेको छ । अब यो अवार्ड सन् २०२० मे २४ तारिखमा आयोजना हुने भएको छ । 

तीन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ०७:१८
प्रतिक्रिया दिनुहोस्