साहित्य

काठमाडौं । भूगोल साहित्य समाजले मासिकरूपमा गर्दै आएको कविता वाचनलाई निरन्तरता दिएको छ । काठमाडौंमा वुधबार आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार पुष्कर लोहनीले समाजले थालेको काम राम्रो भएको भन्दै शुभकामना दिए ।
समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मित्रलाल पंज्ञानी, असिम सागर, त्रिभूवनचन्द्र वाग्ले, वियोगी बुढाथोकी, नवराज पुडासैनी, मुकुन्द अर्याल, बुद्धिराज पाण्डे, दिनेशविक्रम थापा, गंगा आचार्य, सीताराम उप्रेती, लक्ष्मी कुँवर, सुमन पुडासैनी, प्रकाश घायल, रीता खत्री, माधव खतिवडा, गोविन्द सिग्देलले आफ्नो रचना वाचन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६ ११:२३
प्रतिक्रिया दिनुहोस्