
अभिनेता विकी कौशल र नोरा फतेहीले पहिलो पटक म्युजिक भिडियो मार्फत् अनस्क्रिन रोमान्स गरेका छन् । नोरा र विकी फिचर्ड ‘पछताओगे’ गीतमा अर्जित सिंहको स्वर रहेको छ ।
रिलिजको ६ दिनमा ३८ लाख भ्युज पाएको खुशीयालीमा टिमले एक सक्सेस पार्टीको आयोजना गरेको थियो । पार्टीको प्रेस मिटमा विकी र नोराले सोही गीतमा एकैछिन नृत्य पनि प्रस्तुत गरेका थिए । तर पिंक कलरको छोटो पहिरनमा आएकी नोराको पहिरनले धोका दियो र नृत्य बीचमै रोकियो । नृत्यको क्रममा नोराको छाटो पहिरन अझै माथि सर्यो । तर नोराले तुरुन्तै आफ्नो हातले लुगा तानिहालिन् । त्यसपछि नोरा नृत्य गर्न छोडेर विकीसँगै उभिन गइन् ।
बलिउडमा नोराजस्तै थुपै अभिनेत्रीहरु आफ्नो छोटो र केही बढी नै खुल्ला पहिरनका कारण मालफंक्सनको सिकार भैरहेका हुन्छन् ।
नवभारत टाइम्स