site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन् १९८९ को चमत्कार सम्झँदा

अहिले विश्वको स्मृतिमा पदचिन्हका रूपमा रहेको चमत्कारपूर्ण रूपान्तरण युरोप र समग्रमा मानव सभ्यतामै ३० वर्ष पहिले यही महिनादेखि सुरु भएको थियो । सन् १९८९ को गर्मीसम्ममा सोभियत संघ विघटनका क्रममा गइसकेको थियो । कम्युनिज्म शान्तिपूर्वक विघटित हुने हो कि हिंसा र विध्वंशको विस्फोटबाट हुने हो भन्नेमात्रै प्रश्न थियो । 

सोभियत संघमै मिखाइल गोवाचेवका ‘ग्लास्नोस्त’ र ‘पेरेस्त्रोइका’ नीतिहरूले परिवर्तनको बाँधका ढोका खोलेका थिए तर गोर्वाचेव भने सुधारबाटै कम्युनिज्मलाई बचाउन सकिन्छ भन्नेमा विश्वस्त देखिन्थे । अर्कातिर सोभियत साम्राज्यको वरपर भने व्यवस्था ढल्दा रेड आर्मीका ट्यांकहरू सडक र चोकमा फर्कने पो हुन् कि भनेर त्रस्त थिए । दोस्रो विश्वयुद्धलगत्तै बाल्टिक मुलुकहरूमा भएको दमनका साथै बर्लिनमा सन् १९५३मा, बुडापेस्टमा १९५६ मा, प्रागमा १९६८ मा भएको सोभियत दमनको झल्को आउन थालेको थियो । 

आतंकमा जन्मेको सोभियत संघ जासुस र सेनाको दमनबाट बाँचेको थियो । त्यस्तै प्रकारको क्रूर दमनविना यो बाँच्न सक्छ भन्नेमा कोही पनि निश्चिन्त थिएनन् । युरोपका लागि यो अत्यासको बेला थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

परन्तु, यो परिवर्तनको पनि बेला थियो । पोल्यान्डको स्वतन्त्र मजदुर संगठन ‘सोलिाडारिटी’लाई दमन गर्ने प्रयत्न विफल भएको थियो । पोलिस कम्युनिस्ट शासन सन् १९८९ को जुनमा लगभग स्वतन्त्र निर्वाचन गराउन बाध्य भएको थियो भने त्यसमा एउटा खुला प्रतिस्पर्धा भएको बाहेक अरू स्थानमा विजय हासिल गरेको थियो । यति नै बेला इस्टोनिया, लाटभिया र लिथुआनिया गरी तीनवटा बाल्टिक गणतन्त्रहरूमा सोभियत संघबाट थप स्वायत्ततामा माग हुन थाल्यो र बिस्तारै पूर्ण स्वतन्त्रताको मागमा पुग्यो ।  

Global Ime bank

अगस्ट २३ मा इस्टोनिया, लाट्भिया र लिथुआनियामा स्वतन्त्रताको आह्वान गर्दै ३७२ माइल ( ६०० किलोमिटर ) लामो मानव शृंखला बनाइयो । यस कथित ‘बाल्टिक मार्ग’ को संयोजनको बेला संयोग थिएन । ठीक ५० वर्ष पहिले हिटलर र स्टालिनले पूर्वी युरोपलाई नाजी जर्मनी र सोभियत संघबीच भागबन्डा गर्ने अनाक्रमण सन्धि गरेका थिए । यसले दोस्रो विश्व युद्धको बाटो खोल्यो र बाल्टिक क्षेत्रमा स्वतन्त्रता पनि समाप्त पारेको थियो । 

परन्तु, सन् १९८९ को सबैभन्दा विस्फोटक क्षेत्र पनि कथित जर्मन डेमोक्रेटिक रिपब्लिक अर्थात् कम्युनिस्ट पूवी जर्मनीमा देखियो । यो सन् १९४५ देखि तैनाथ १९ डिभिजनका पाँच लाख सोभियत सैनिक भएको सैन्य शिविरजस्तै थियो । हुनत, सन् १९६१ मा युरोपलाई विभाजनको संकेत बर्लिनको पर्खाल बन्न पुग्यो पहिले त यो किन बनाउनु परेको थियो भन्ने बुझ्नुपर्छ : सोभियत संघको युरोपमा बाहिरी साम्राज्य अर्थात् पूर्वी जर्मनीको पतन रोक्नका लागि बर्लिनको पर्खाल बनाइएको थियो । बाल्टिक क्षेत्रमा मानव शृंखला प्रदर्शन गर्नुभन्दा केही दिन पहिले छ सात सय जति पूर्वी जर्मनीका नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरूले अस्ट्रियाको सीमास्थित हंगेरीको सानो नगर सोप्रोनमा काँडेतारको बार पार गरे । पछि ‘प्यान युरोपियन पिकनिक’का नामले प्रख्यात भएको त्यो घटना बर्लिन पर्खालको निर्माणपछिको फलामे पर्दाबाट पलायन गरिएको सबैभन्दा ठूलो अवसर बन्न पुग्यो । यसभन्दा पनि बढी यो सोभियत अधिकारीहरूको प्रतिक्रिया जाँच्न आयोजना गरिएको सुनियोजित घटना हो । 

क्रेमलिनमा सोभियत नेतृत्व अर्थात् गोर्बाचेवले भने सोभियत साम्राज्य सुरक्षित रहेको र सुधार्न सकिन्छ भन्ने विश्वास गरी रहे । बाल्टिक मार्गलाई सहन गरियो भने पान युरोपियन पिकनिकलाई वास्तै गरिएन । तर, ती प्रदर्शनभित्र निहित सम्भावना चाँडै नै सतहमा प्रकट हुन थाले । पूर्वी जर्मनीबाट मानिसहरू हजारौँको संख्यामा पलायन हुन थाले । त्यसलगत्तै हंगेरियाली अधिकारीहरूका लागि पनि सीमा खोल्नुको विकल्प रहेन । पूर्वी जर्मनहरूको लस्कर पश्चिम जाने बाटो खोज्दै चेकोस्लोभाकियामा प्रवेश गर्न पुग्यो । नोभेम्बर ९ धर्मराउँदो पूर्वी जर्मनीको नेतृत्व आफैँले बर्लिनको पर्खाल खोल्नु परेको थियो । त्यसको वर्ष दिन नपुग्दै पूर्वी जर्मनी नामको राज्य रहेन । सन् १९९० को लोकतान्त्रिक निर्वाचनपछि पूर्वी जर्मनहरूले फेडेरल रिपब्लिक अफ जर्मनीसँग विलय हुने निर्णय गरे । पूर्वी जर्मनीको विलयसँगै सोभियत साम्राज्यको पतन पूर्ण भयो । 

केही सन् १९८९ को तीव्र परिवर्तन अवश्यंभावी थियो भन्ने ठान्छन् । तिनीहरूले सम्झनु पर्ने हो त्यही वर्षको जुनमा चीनका पाका शासकहरूले शान्तिपूर्ण स्वतन्त्रता आन्दोलनकारीलाई वास्तविकरूपमै संहार गर्नेगरी तिआनआनमेन चोकमा ट्यांक कुदाएका थिए । ‘चिनियाँ समाधान’ अनुसरण गर्नुपर्छ भन्नेमा जोड दिने थुप्रै कम्युनिस्ट नेताहरू थिए । यथार्थमा बर्लिनको ठीक दक्षिणमा रहेको सैन्य शिविर मा रेड आर्मीका मार्सलहरू सोभियत साम्राज्यको रक्षाका लागि जस्तोसुकै उपाय पनि अपनाउन तयार भएर आदेशको प्रतीक्षामा थिए । त्यो त्यही शिविर हो जुन दोस्रो विश्वयुद्धमा जर्मन सेनाको केन्द्रका रूपमा रहेको थियो र पछि हिटलरबाट खोसिएको थियो । 

क्रेमलिनभित्रका बढी अनुदारवादी शक्ति प्रभावशाली भएको भए के हुन्थ्यो भनेर कसैले भन्न सक्तैन । धेरै सम्भावना त यस क्षेत्रभर नै जस्तो अराजकता र हिंसा फैलन सक्थ्यो र त्यसले पश्चिमलाई हस्तक्षेपका लागि दबाब पर्न सक्थ्यो । खुला युद्धको पनि स्पष्ट सम्भावना थियो । सोभियत अनुभव यथार्थमा अपवाद नै थियो । 

धन्न, रेड आर्मीलाई पूर्वी जर्मनीमा हस्तक्षेप गर्ने आदेश जारी नै भएन । यसको आंशिक कारण सोभियत नेताहरूले दमन आवश्यक छैन र कम्युनिस्ट पद्धति जोगिन्छ भन्ने ठान्ने गल्ती गर्नु हो । यसको अर्को कारण लोकतान्त्रिक शक्तिहरूले रुसभित्रै पनि दृढता प्रदर्शन गर्न थालेका थिए । मस्कोका उदीयमान नेता बोरिस येल्सिनलाई धान्न नसकिने र ज्यादै फैलिएको साम्राज्यप्रति कुनै मोह वा संलग्नता थिएन ।

युरोपले ३० वर्ष पहिले केही महिना साँच्चै नै चमत्कारको अनुभव गरेको थियो । आज, हामीले परिवर्तनका लागि संघर्ष गर्नेहरूका साथै दमनका लागि ट्यांक पठाउन अस्वीकार गर्नेहरूको पनि सम्मान गर्नुपर्छ । युरोपका सडकहरूमा एकपटक फेरि रगतको खोला बग्न सक्थ्यो तर बगेन नि त । 
(स्वेडेनका पूर्व प्रधानमन्त्री )

Copyright: Project Syndicate, 2019.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement