site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिष्ठानमा उपचार सेवा प्रभावकारी बनाउन दलहरुको आग्रह
SkywellSkywell

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मंगलबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले सेवा प्रभावकारी बनाउन प्रतिष्ठानलाइ आग्रह गरेको छ । 

बैठकमा उपकुलपतिको राजीनामाको कुरा नउठेको र प्रतिष्ठानले प्रदान गर्ने सेवामा तत्काल सुधार ल्याउनुपर्नेमा एकमत रहेको बैठकपछि विज्ञप्ती जारी गर्दै उद्येग वाणिज्य संघका अध्यक्ष एव राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान सरोकार समिति संयोजक नारायण भुसालले बताए । उनले बैठकमा उपकुलपतिको राजीनामाको विषय कसैले नउठाएको पनि जानकारी दिए । यो समिति प्रतिष्ठान गठन भएकदेखि गठन भएको आधिकारिक समिति हो ।

KFC Island Ad
NIC Asia

बैठकमा नेकपाबाट केन्द्रीय सदस्य तथा सहइञ्चार्ज निर्मल आचार्य, नेकपा प्रदेश ५ का प्रदेश कमिटि सदस्य लक्ष्मण आचार्य, नेपाली काग्रेसका जिल्ला सचिव शंकरप्रशाद डाँगी, क्षेत्रीय सभापती गिरीराज सुवेदी, राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज वन्जाडे, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त सहीत उद्योगि, ब्यवसायि र अन्य साना पार्टिको पनि उपस्थिती रहेको थियो । घोराहीका मेयर नरुलाल चौधरी ब्याडमिन्टन खेल्नेक्रममा लोटेर घाइते भएपछि काठमान्डौ उपचारकाक्रममा रहेकाले उपस्थित हुन सकेनन ।

बैठकपछि उपकुलपति प्रा डा संगिता भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानको तत्काल सेवा सुधार गर्न ध्यानाकर्षण समेत गराएको छ । भेटमा उपकुलपति भण्डारीले सुरुको अवस्थामा धेरै जटिल समस्या आएको भए पनि नयाँ चिकित्सकहरु आउनेक्रम जारी रहेकाले अस्पताल सुधारउन्मुख भएको दाबी गरिन । उनले बजेटको नआउदा काम गर्न समस्या भएको भन्दै प्रतिष्ठानलाई बजेट उपलब्ध गराउनका लागि पहल गरीदिन आग्रह गरिन ।

Royal Enfield Island Ad

यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय उत्पन्न समस्याका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगरबार शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले स्वास्थ्य सेवा सहज र शुलभ रुपमा पाउने जनताको मौलिक हकको संरक्षण गर्न प्रतिष्ठानका जिम्मेवार निकायलाई आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro