site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको फोटो तथा भिडियो पठाउन बोर्डको आग्रह 

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको फोटो तथा भिडियो आह्वान गरेको छ । सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम बमोजिम ‘छायाङ्कनका लागि नेपाल कार्यक्रम’ अन्तर्गत चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र पर्यटन समेतलाई आकर्षण गर्न नेपालमा रहेका चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको विस्तृत विवरणसहितको फोटो भिडियो आह्वान गरिएको हो । 

फोटोसहितको लोकेशन गाइड बुक प्रकाशन गर्ने तयारी भइरहेकाले सम्भाव्य पर्यटकीय एवं चलचित्र छायाङ्कनस्थलहरुको प्रवद्र्धनात्मक श्रव्यदृश्य सामाग्री निर्माण गर्ने प्रयोजनका लागि फोटो तथा भिडियो पठाउने बोर्डले आग्रह गरेको हो । 
फोटो भिडियो २०७६।४।३२ देखि २०७६।५।३१ सम्म अनलाइनमार्फत पठाउन सकिनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

०७६ भदौ ३१ गते मंगलबारभित्र फोटो तथा भिडियो सामग्री अनलाइनमा लगइन गरी अपलोड गर्न सकिने बोर्डले जनाएको छ । नेपालमा रहेका आकर्षक तथा सम्भाव्य चलचित्र छायाङ्कनस्थलहरू– हिमाल, पहाड, तराई, ताल, नदी, झरना, वन जंगल, वन्यजन्तु, चरा चुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विक स्थल, मठ मन्दिर, गाउँ परिवेश, कला सँस्कृति, भेषभूषा, रहनसहन, आदिका फोटा एवं भिडियोहरु पठाउन सकिने बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सबै खालका क्यामेरा र स्मार्ट फोनबाट खिचिएका फोटो र भिडियो पठाउन सकिने जनाएको बोर्डले छनौटमा परेका फोटो र भिडियोलाई चलचित्र विकास बोर्डबाट तोकिए बमोजिम पारिश्रमिक उपलब्ध गराइने उल्लेख गरेको छ । 
फोटो तथा भिडियो चलचित्र विकास बोर्डको वेवसाइटको Photo Upload Section http://www.film.gov.np/locationhunt अपलाेड गर्न सकिनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १७:५७
प्रतिक्रिया दिनुहोस्