site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘भिएमए’ अवार्डमा टेलर स्विफ्टदेखि जोनस ब्रदर्सले जिते अवार्ड

काठमाडौं । केवल टेलिभिजन च्यानल एमटिभीले प्रदान गर्दै आएको भिडियो म्यूजिक अवार्ड (भिएमए) यो वर्ष पनि सम्पन्न भएको छ । एमटिभि भिडियो म्यूजिक अवार्ड (भिएमए) २०१९सोमबार सम्पन्न भएको हो।
गायिका तथा लेखक टेलर स्विफ्टले उनको पछिल्लो रिलिज भएको गीत ‘यू निड टु काल्म डाउन’ बाट भिडियो अफ द इयरको अवार्ड आफ्नो भागमा पार्न सफल बनिन् ।

त्यस्तै ‘आर्टिस्ट अफ द इयर’ को अवार्ड गायिका, लेखक तथा अभिनेत्री एरियाना ग्रान्डेले हात पारिन् । ‘बेस्ट पप’ को उपाधि भने जोनस ब्रदर्सले ‘सकर’ गीतबाट पाए । जोनस ब्रदर्सले ११ वर्षपछि अवार्डमा पुनः सामिल मात्रै भएनन्, अवार्ड नै आफनो भागमा पार्न सफल भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकाको न्यूजर्सिमा भएको  अवार्डमा सङ अफ द इयर वोल्ड टाउन रोडको रिमेक भर्जनले पाएको छ । बिल्ली एलिसले बेस्ट न्यू आर्टिस्टको अवार्ड पाए ।

अन्य अवार्ड

बेस्ट कोल्याबोरेसनः स्अन मेन्ड्यास र क्यामिला क्याबेलो–स्यानोरिटा
बेस्ट ग्रुपः बिट्स
बेस्ट हिप होपः कार्डि बि – मनी
बेस्ट आर एण्ठ बिः नोरमानी र ब्लाक –वेभस
बेस्ट के–पपः बिटस र हल्सि – बोई विथ लभ
भिडियो फर गुडः टेलर स्विफ्ट – यू निड टु काल्म डाउन
सङ अफ समरः एरियाना ग्रान्डे र सोसियल हाउस – बोइफ्रेन्ड
भ्यानगार्ड अवार्डः मिस्सी एलियट

 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १६:३१
प्रतिक्रिया दिनुहोस्