साहित्य

काठमाडौं । साहित्यकार डा. वानीरा गिरीको सम्मानमा वानीरा फाउन्डेशनको स्थापना गरिएको छ । वानीरा फाउन्डेशनको स्थायित्वका लागि इन्जिनियर शङ्कर गिरी तथा उनकी पत्नी डा.वानीरा गिरीले चलअचल गरेर पाँच करोड रूपैयाँबराबरको सम्पत्ति प्रदान गरेका छन् ।
शङ्कर गिरीको अध्यक्षतामा वानीरा फाउन्डेशन गठन गरिएको छ । सो फाउन्डेशनको उपाध्यक्षमा इन्दिरा प्रसाई, कोषाध्यक्षमा सुवोध गिरी, सदस्यहरुमा पुष्कर गिरी, बाबुराम गिरी, भगवती बस्नेत तथा सदस्य सचिवमा नरेन्द्रराज प्रसाई रहेको फाउन्डेशनकी कार्यक्रम संयोजक भगवती बस्नेतले जानकारी गराएकी छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६ १२:३२
प्रतिक्रिया दिनुहोस्