site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मिक्स मार्सल आर्ट खेलाडी ‘जाइरा’ हलमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । आज (शुक्रबार)बाट मिक्स मार्सल आर्ट खेलाडीको रुपमा नम्रता श्रेष्ठ अर्थात् ‘जाइरा’ हलमा आएकी छन् । आज ‘जाइरा’ ले सोलो रिलिज पाएको छ । चलचित्रकी मुख्य पात्र मार्सल आर्ट खेलाडी ‘जाइरा’ले लिने रिभेन्ज स्टोरीमा ‘जाइरा’ बनेको छ ।

जाइरामा आशुतोषराज श्रेष्ठको डेब्यू निर्देशन रहेको छ । नम्रता श्रेष्ठले चलचित्रमा अभिनय सँगै निर्मात्रीको भूमिका पनि निभाएकी छिन् । चलचित्रमा नम्रताका अलावा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, सुजाता श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १३:५३
प्रतिक्रिया दिनुहोस्