
काठमाडौं । लघुकथा समाज नेपालले स्थापनाको ११औं वार्षिकोत्सवको अवसर पारेर लघुकथाकार देवा अधिकारीको पहिलो लघुकथा संग्रह ‘भुटुन’ सार्वजनिक गरेको छ । काठमाडौंमा वुधबार अपरान्ह आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका गद्य आख्यान विभागकी प्रमुख प्राज्ञ माया ठकुरीले ‘भुटुन’ सार्वजनिक गर्दै देवा अधिकारीले आफ्ना लघुकथामा मानिसको जीवन प्रस्तुत गरेको बताइन् ।
कार्यक्रममा प्राडा कुमारप्रसाद कोइराला तथा ज्ञानु अधिकारीले सार्वजनिक गरिएको कृतिमाथि समीक्षात्मक मन्तव्य दिए । दुबै समीक्षकले देवाका लघुकथाको प्रशंशा गरे । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरका अध्यक्ष विवश पोखरेल, धु्रव मधिकर्मी, देवा अधिकारी, तुलसीहरि कोइरालालगायतले बोलेका थिए ।
लघुकथा समाजले आफ्नो स्थापनाको ११औं वर्ष पनि तीन दिनसम्म वृहत कार्यक्रम गरी मनाउँदै छ । हरेक वर्षको भदौ ५ गते समाजले लघुकथा दिवश मनाउँदै आएको छ ।