
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पानीफोटो’ १३ गतेबाट छायांकनमा जाने भएको छ । खगेन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘पानीफोटो’ १३ गतेबाट सुटिङमा जान लागेको हो ।
“अहिले हामी प्रि–प्रोडक्सनको अन्तिम चरणमा छौं,” बाह्रखरीसँग खगेन्द्र भन्छन्, “यही १३ गतेबाट हामी सुटिङ सुरु गर्दैछौं ।” चलचित्र काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा छायांकन हुनेछ ।
‘बदशाला’, ‘टलकजङ भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘धनपती’, ‘डमरुको डन्डिबियो’, ‘जय भोले’ चलचिभत्रमा अभिनय गरेका खगेन्द्रको ‘पानीफोटो’ डेब्यू निर्देशन हो । कथा पनि खगेन्द्र स्वयम्ले लेखेका हुन् ।
द्वन्द्वकालको पृष्ठभूमिमा बनेको चलचित्रमा १५ वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बुवा–आमाको कथा रहेको छ ।
रविन्द्र बज्रचार्य र रोजिना सिटौलाले निर्माण गर्ने ‘पानीफोटो’मा खगेन्द्रसहित सुनिल पोखरेल, निशा शर्मा, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, आशान्त शर्मा, माओत्से गुरुङ्ग लगायतको अभिनय रहनेछ ।