site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुनिल गिरीको नयाँ गीत ‘यात्री’ सार्वजनिक

काठमाडौं । मायाप्रेमका गीतहरु गाउँदै आहका लोकपप गायक सुनील गिरीको अर्को गीत 'यात्री' सार्वजनिक गरिएको छ । 

सोमबार एक कार्यक्रमकाबीच जिन्दगी र यात्राको विभिन्न परिवेश समेटिएको गीत ‘यात्री’ युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतको छायांकन अन्नपूर्ण बेस क्याम्पमा गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिलिज म्यूजिक भिडियोमा घान्द्रुकको बेँसीदेखि पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्पसम्मका मनमोहक दुश्यहरु समेटिएका छन् ।

भिडियोको बारेमा बोल्दै उनले भने, “भिडियोलाई कमर्सियल पाटोबाट लग्नेभन्दा भिजिट नेपाल २०२० लाई केही टेवा पुगोस् भनेर प्राकृतिक दृश्यहरु समेटिन खोजेको छु ।”

गीतको शब्द, स्वर र निर्देशन गायक गिरी स्वयमकै रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्