साहित्य

काठमाडौं । यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजले पाउने भएका छन् । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको पत्रकार कुन्द दीक्षितले ट्विट गरेर जानकारी दिएका छन् ।
त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कारका लागि गुठीले सानु शर्माको एकादेशमा, विन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई सम्भावित कृतिको सूचीमा राखेको थियो । गुठीलाई प्राप्त भएका २५७ कृतिहरुबाट ती कृति छानिएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६ १६:३२
प्रतिक्रिया दिनुहोस्