site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुई सय किलो उचालेको टाइगरको भिडियो भाइरल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । टाइगर श्रफ बलिउडका फिट अभिनेतामा पर्छन् । उनी जिमसँगै मार्शल आर्ट र जिम्यास्टिक खेलाडी पनि हुन् ।

उनले जिम र डान्स गरेको भिडियोहरु प्रायः सामाजिक सञ्जालमा भाइरल भैरहेका हुन्छन् । टाइगरले आइतबार इन्स्टाग्राममा एक भिडियो  सेयर गरेका छन्, जसमा उनले दुई सय किलो वेट लिफ्ट गरेका छन् । भिडियोसँगै उनले लेखेका छन्, धेरै समय भएको थियो यति धेरै वेट लिफ्ट नगरेको । दुई किलो कलेज हुँदा हल्का लाग्थ्यो ।

उनको यो भिडियो अपलोड भएको तीन घण्टामै १० लाखभन्दा बढीले हेरिसकेका छन् । थुप्रै बलिउड कलाकारहरुले उनको तारिफ गर्दै कमेन्ट पनि गरिरहेका छन् ।
नवभारत टाइम्स
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १५:५६
प्रतिक्रिया दिनुहोस्