site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पोखरामा ’जाइरा’को ओएसटीको लाइभ प्रस्तुति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र रिलिज मिति नजिकिएसँगै चलचित्र ’जाइरा’को टीम यतिबेला मोफसल टुर यात्रामा रहेको छ । शुक्रबार पोखरामा दिनभर चलचित्रको टीमले प्रचारप्रसारका विभिन्न कार्यक्रमहरु गरेको छ । प्रचार यात्रामा चलचित्रकी मुख्य पात्र नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरि, कलाकारहरु सुजिता श्रेष्ठ र सम्राट मगर लगायत रहेका छन् ।

प्रचार सामग्रीको रुपमा पोखरामा ’टम्बल वीड’ ब्याण्डले ’जाइरा’को ओरिजिनल साउण्ड ट्रयाक (ओएसटी) ‘जिन्दगीको खेल’को प्रस्तुति दिएको हो । लेकसाइडको रोलिङ्ग स्टोन रक बारमा ब्याण्डले चलचित्रको ओएसटी प्रस्तुत गरेको हो । उक्त ओएसटी इन्टरनेटमा भने केहि दिनमा सार्वजनिक गरिने बताइएको छ ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ’जाइरा’मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र यही भदौ ६ गते रिलिज हुँदैछ । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ११:२६
प्रतिक्रिया दिनुहोस्