site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 ‘पुरस्कारले हानि गर्दैन’

महेश थापा युवा कथाकार हुन् । नियमित व्यङ्ग्य लेख्दै आएका उनले स्वास्थ्य अवस्थाका कारण बन्द गरे । र, आफूलाई कथा लेखनमा विस्तारै समाहति गरे । उनको पछिल्लो कथा सङ्ग्रह ‘मरीचिका’ मुलुकको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार–२०७५ को सर्टलिस्टमा परेको छ । मरीचिकामा विविध स्वादका १६ कथा छन् । लेखकका लागि पुरस्कारको महत्व, उनको आफ्नै लेखन यात्रा र नेपाली कथा साहित्यको वर्तमान अवस्थाबारे थापासँग बाह्रखरीले गरेको कुराकानीको सार:

मदन पुरस्कारको सर्टलिस्टमा तपाईंको कथासङ्ग्रह ‘मरीचिका’ परेको छ, के कारणले पर्‍यो भन्ने लाग्छ ?
के कारणले सर्टलिस्टमा पर्‍यो त ठ्याक्कै मैले भन्न सक्ने कुरा होइन । तथापि, पाठकहरुलाई कथामा केही फरकपन महसुस होस् भनेर मैले सक्दो मेहनत गरेको छु । सङ्ग्रहित १६ वटै कथा फरक विषय र स्वादका छन् । कुनै पनिपात्र र परिवेश दोहोरिएजस्तो लागेर पाठक अलमलिनुपर्ने छैन । कथावाचनको शैलीमाजोखिममोलेर केहीप्रयोग पनि गरेको छु । 

पुरस्कारले एउटा लेखकलाई के दिन्छ ?
कुनै पनि पुरस्कारले एउटा लेखकलाई हौसला र आत्मविश्वास दिन्छ । आफ्नो लेखनले एउटा तहको मान्यतापाएको अनुभूतिगर्दै स्वयम्लाई माझ्न र तिखार्न ऊ थपऊर्जाशीलभई लाग्छ । साथै, पुरस्कृत लेखक पाठकको नजरमा पर्छ । आफूप्रति बढ्न गएको विश्वासरुपीपुँजीलाई जोगाउन ऊ थपजिम्मेवार भएर लेख्न थाल्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेखनमा पुरस्कारको भूमिका रहन्छ ?
लेखनको उत्प्रेरक तत्व पुरस्कार होइन । पुरस्कार नै पाउने आशामा कसैले पनि लेख्छजस्तो लाग्दैन । लेख्दै जाँदा कोही पुरस्कृत हुन्छन्, कोहीहुँदैनन् । पुरस्कार नपाउने लेखकजतिकमजोरमादरिने पनि हैन । पुरस्कार सबथोक त होइन, तथापियसले लेखकलाई चर्चाको केन्द्रमाल्याई पाठकमाझ स्थापितहुन र अझ फराकिलो दायरामापुग्न मद्दत गर्छ । त्यसलाई थेग्न सक्नु÷नसक्नुचाहिँ लेखकको क्षमता र लगनशीलतामा भर पर्छ । समग्रमाभन्दा पुरस्कार लेखनको निम्ति सहयोगी नै हुन्छ, भएनभने पनित्यसले हानिगर्लाजस्तो लाग्दैन ।

मदन पुरस्कार तपाईंले पाउनुहोला ?
त्यो त मैले कसरी भन्न सक्छु र ! हरेक पुरस्कारको आफ्नै खालको विधि, प्रक्रिया र छनौटको मापदण्ड हुन्छ । गुठीद्वारा निर्दिष्ट यिनै कुराहरुको आधारमा मदन पुरस्कारको पनि छिनोफानो होला । प्रक्रियामा सहभागी भएर सर्टलिस्टेड भइसकेपछि ‘यो पुरस्कार मैले नपाइदे हुन्थ्यो’भन्नेचाहिँ मलाई छैन । 

मदन पुरस्कार सर्टलिस्टमा परेका पुस्तकहरु सबै पढ्नुभएको छ ?
छैन । कुमार नगरकोटीको ‘ज्ञ’ र डा. विन्दु शर्माको ‘ओक्कल दोक्कलपीपलपात’ पढ्न बाँकी छ ।

तपाईं विशेषगरी व्यङ्ग्य लेखिरहेको लेखक, कथामाआउनुभयो र पुरस्कारको दाबेदार पनिबन्नुभयो । कस्तो अनुभूतिभइरहेको छ ?
व्यङ्ग्य लेख्नुअघि नै राष्ट्रिय दैनिकहरुमा म समसामयिक राजनीतिक÷सामाजिकविषयमा टिप्पणी लेख्ने गर्थें । अनि ‘अल्पविराम’नामक मेरो आत्मकथापनिप्रकाशितभइसकेको थियो । तर, व्यङ्ग्यले मलाई लेखकको रुपमा परिचित गरायो । हातमा समस्याआएर लेख्न गाह्रो भएको बेला साप्ताहिक रुपमा लेख्दै आएको व्यङ्ग्य स्तम्भलाई अचानक स्थगितगर्नुपर्‍यो । हातको समस्या सामान्य भएपछि त्यसलाई केही फरक ढर्रामा सुरु गर्ने भन्दाभन्दै यत्तिकै भयो । लेख्नुपर्ने थुप्रै विषयहरु दिमागमा सल्बलाइरहेका थिए, तिनलाई कथाको माध्यमबाटै ठीकसँग अभिव्यक्तगर्न सकिएलाजस्तो लागेर कथा लेख्न थालेँ । प्रकाशित भएको चार महिना नपुग्दै मरीचिकाको दोस्रो संस्करण आयो र कृतिमदन पुरस्कारको निम्ति मनोनित पनि भयो । मेरा कथालाई पनि पाठकले स्वीकार्नुभएको रुपमा मैले यसलाई लिएको छु । फरक विधाका मेरा रचनाहरुलाई पाठकले रुचाइदिनु मेरा निम्ति सन्तुष्टिको विषय हो ।

कथासङ्ग्रहबिक्दैन भन्छन्, प्रकाशकहरु । त्यस्तै हो अवस्था ?
हो, ‘कथाबिक्दैन’भन्ने मान्यता नेपालमा जबरजस्त ढङ्गले स्थापित गराइएको छ । कतिपय लेखक र प्रकाशकहरुले नै यस्तो बताइरहनुभएको हुन्छ । त्यो उहाँहरुको अनुभवमाआधारित अभिव्यक्तिपनिहोला । मैले कथासङ्ग्रह लेख्दै गरेको थाहा पाएपछि एकजनाप्रकाशकमित्रले कथाको सट्टा उपन्यास लेख्ने सुझावमलाई पनिदिनुभएको थियो । तर साहित्यको अमुक विधामात्रबिकाउहो भन्ने कुरामामचाहिँविश्वास गर्दिनँ ।

मरीचिकामातपार्ईंले आफ्नो समाज र भोगाइभन्दापनिप्रविधि, रोबोट र अलि बढी नै कल्पनाको कुरा लेख्नुभएको छ । त्यस्तो किन ?
कल्पनाको लेपनबाटै फिक्सन बन्ने हो । नत्र त त्यो कसैको संस्मरण, जीवनी वा निजात्मकअनुभूतिमा सीमित हुन पुग्छ । अनि फ्यान्टेसीमा पनि लेख्ने त जीवन र जगत्बारे नै हो । अर्थात्, कुनै पनि लेखन यथार्थभन्दा टाढा हुँदैन । त्यो यथार्थलाई कसरी प्रकट गर्ने ? फरक त्यतिमात्र हो । जहाँसम्म ‘मरीचिका’मा रोबोटलाई पात्र बनाइएको र प्रविधिको विषयज्यादा आएको कुरा छ, त्यो कुनै सुदूर भविष्यको कोरा कल्पना नभई वर्तमानको यथार्थ हो । किनकि, ह्युमनोइड सेक्स रोबोटको निर्माण भइसकेको र त्यो व्यावसायिक उत्पादनकै निकट पुगिसकेको छ । हो, ती मरीचिकामै वर्णन गरिएको जति अपग्रेडेड नहोलान् । मैले ४०–५० वर्षपछिको समाजको परिकल्पना गरेको छु । तर त्योभन्दा निकै पहिला नै हामीमाझ त्यस्तै वात्योभन्दा बढी शक्तिशाली रोबोट घुमिरहेका हुने छन् । किनकि, प्रविधिको विकास हामीले कल्पना गरेभन्दातीव्रतर गतिमा भइरहेको छ । प्रविधिको जञ्जालबीच हुर्किएर आज कलेज जान थालेको किशोरले दुई दशकअघिको समयलाई एकादेशको कथा ठान्छ ।

आर्टिफिसियल इन्टेलिजेन्स र बायोटेक्नोलोजीको क्षेत्रमा भइरहेको विकासले यो संसारलाई कल्पनातीत ढङ्गले बदल्नेवाला छ । स्रोत÷साधन र प्रविधिमा पहुँचको आधारमा प्राकृतिक रुपमै दुई फरक क्षमताका मानव अस्तित्वमा आउने छन् । यो प्राकृतिकवर्ग विभाजनले हाम्रो समाज, राजनीति र अर्थतन्त्रमा पार्ने प्रभाव र निम्त्याउने सङ्कट भयानक हुने छ । त्यसको निम्ति शताब्दीऔं कुर्नुपर्ने छैन । महान् वैज्ञानिक स्टिफेन हकिङ्सले आर्टिफिसियल इन्टेलिजेन्सका कारण मानव अस्तित्व सङ्कटमा पर्ने त्यसै बताएका थिएनन् । मानव विवेकले सबै कुरालाई ट्र्याकमा राख्ने भन्दै अहिले हामीलाई यस्ता कुरा अतिरञ्जितलाग्न सक्छन् । वातावरणीय विनाशले सङ्कट निम्त्याउने सबै जान्दछन्, तर हाम्रो विवेकले प्रकृतिलाई कतिजोगाउन सक्यो ?बजार र नाफाले हामीलाई लतारिरहेको छ । झन्झन् निरीह बन्दै गइरहेका छौं हामी । यही बाटो हिँड्दा निकट भविष्यमै हामी विज्ञान र प्रविधिको ट्र्यापमा पर्ने निश्चित छ । यस्तै सरोकारहरुलाई मैले पुच्छर, द दद जस्ता कथा मार्फत् उठान गर्न खोजेको हुँ । तसर्थ, विज्ञान र प्रविधिलाई हाम्रो समाज र भोगाइभन्दाबाहिरको विषय ठान्नु गम्भीर भूलहुने छ ।

तपाईंलाई चाहिँ कस्ता पुस्तक बढी मन पर्छन् ?
सबैखालका किताब पढ्छु । तर इतिहास, राजनीति, अर्थ व्यवस्था, समाजएवम् मानव सभ्यताको विकासबारे आलोचनात्मकविश्लेषण गरिएका पुस्तकमा मेरो विशेष अभिरुचि छ ।

लेखनमा प्रभाव कसको परेको ठान्नुहुन्छ ?
मेरो अध्ययन साह्रै अव्यवस्थित छ । जसका किताब पनि पढ्छु । मन परेनभने बीचैमा छाडिदिन्छु । कुनै लेखकलाई फलो गरेर पढ्दिनँ । कुनै अमुक लेखकले झैं लेख्न पाएहुन्थ्यो भन्दै कोसिस पनिगर्दिनँ । तसर्थ, मेरो लेखनमा कसैको प्रभावभएजस्तो लाग्दैन ।

पछिल्लो पुस्ताको लेखनीलाई कसरी लिनुभएको छ ?
सबैले आ–आफ्नो हिसाबले प्रयत्नगरिरहनुभएको छ । पुस्तकप्रकाशनको क्रम बढ्दो छ । केही न केही राम्रो पक्षभएरै ती पुस्तकप्रकाशितभएकाहोलान् । समयक्रममा सुध्रिँदै र फिल्टर हुँदै जाला ।

आफ्नै लेखनीको मूल्याङ्कन गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
आफ्नो मूल्याङ्कन आफैंले गर्ने कुरा आएन । लेखनीको मूल्याङ्कन त पाठक र समालोचकले गर्ने हो । लेखनको छोटो अवधिमै यस क्षेत्रबाट मैले जे जतिपाएँ, त्यसमा असन्तुष्ट भइरहनुपर्ने कुनै कारण देख्दिनँ । 

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ०७:४२
प्रतिक्रिया दिनुहोस्