site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युरोप, अमेरिका र अफ्रिकाका मोडल नेपाली र्‍याम्पमा

काठमाडौं । नेपाली फेसन ब्राण्ड कम्पनी ‘कासा’को आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय फेसन रनवे हुने भएको छ । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोजना कासाले यस इभेन्टको बारेमा जानकारी दिएको हो ।

‘डेब्यू २०१९’ नाम दिइएको उक्त बृहत फेसन शो यही अगस्ट ३० मा पाटन दरबार म्यूजियममा हुन लागेको हो । विश्वकै ठूलो फेसन हाउस ‘गुच्चि’ का अफिसियल फोटोग्राफर मेनुयल स्क्रिमा फेसन शोका विशेष अतिथि हुने छन् ।

फेसन शो मा नेपाल लगायत युरोप, अफ्रिका, भारत, अमेरिकालगायतका राष्ट्रका अन्तर्राष्ट्रिय मोडलहरु र्‍याम्पमा हिँड्ने छन् । र्‍याम्पमा मोडलहरुले नेपालमै बनेको काशाका पहिरनहरु लगाउने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

र्‍याम्पमा मिस नेपाल २०१८ का विजेताहरु मिस नेपाल वर्ल्ड २०१८ श्रृङखला खतिवडा, मिस  २०१८ मनिता देवकाटा, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य र मिस नेपाल सुप्रानेशनल २०१८ महिमा सिंहले पहिलो पटक सहभागिता जनाउने छन् ।

त्यस्तै मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०१७ निकिता चन्दकले पनि सहभागिता जनाउने छन् ।

मोडलहरुमा एसियाज नेक्स्ट टप मोडल र किंगफिसर मोडल आस्था पोख्रेल, इन्डियाज नेक्सट टप मोडल सविता कार्की र मोडल सन्दिपा लिम्बु र नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा पनि सहभागी हुनेछन् ।

त्यस्तै अन्तर्राष्ट्रिय स्तरबाट फिनल्याण्डकी मोडल तथा टेलिभिजन प्रस्तोता एनी कुकोहोभी, इण्डोनेशियाकी मोडल अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्बिया २०१८ मेल्बा इमान्युलाका साथै मिस अर्थ इन्डिया २०१८ निशी भारद्धाज तथा मिस एसिया तथा भारतीय मोडल रेवती श्रेत्रीको सहभागिता रहने छ ।

यस अन्तर्राष्ट्रिय फेसन शो विश्व सम्पदा सूचीमा सूचीकृत पाटनको संग्राहलयमा गर्नुको उद्देश्य भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्नु भएको आयोजकले बताएको छ ।

फेसन शो गर्नुको मुख्य उद्देश्य भनेको नेपाली ब्राण्ड अन्तर्राष्ट्रियस्तरमा लग्नु अर्थात मेड इन नेपाललाई प्रवद्र्धन गर्नु र संगै नेपाली पहिरनमार्फत नेपाली संस्कृतिको प्रबर‍्द्धन गर्नु पनि भएको कासाका सञ्‍चालक रमिला नेमकुलले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १८:३९
प्रतिक्रिया दिनुहोस्