
काठमाडौं । बलिउड सेलिब्रेटी प्रियंका चोपडा र दीपिका पादुकोण सामाजिक सञ्जालमा फेक फलोअर्स लिस्टको टप १० भित्र छन् । यी दुई अभिनेत्रीका अलावा क्रिकेटर विराट कोहली पनि यो लिस्टमा सामेल भएका छन् ।
लण्डनमा अवस्थित द इन्स्टिच्युट अफ कन्टेम्पोररी म्युजिक परफर्मेन्स (आईसिएमपि) ले गरेको एक अध्ययनबाट यो कुरा पत्ता लागेको हो । यसमा विश्वभरिका सेलिब्रेटीहरुको मिडिया फलोअर्सको बारेमा अध्ययन गरिएको थियो । जसमा प्रिंयका र दीपिकाको इन्स्टाग्राममा नक्कली फलोअर्सको संख्या निकै बढी देखाएको हो ।
पादुकोण फेक फलोअर्सको लिस्टमा टप ६ मा पर्छिन् । उनको १३,९७,९८,९१६ फलोअर्स मध्ये ६३,४४१,६६१ फलोअर्स फेक भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार दीपिकाको फेक फलोअर्स ४५ प्रतिशत छन् ।
यता प्रिंयका भने ४३ प्रतिशत फेक फलोअर्सले लिस्टको टप १० मा छिन् । उनको ११,२१,९४,५०० मा जम्मा ४,८५,५४,१९३ फलोअर्स फेक देखाइएको छ । आईएनएस को रिपोर्टअनुसार प्रियंका चोपडा आफ्नो एक पोस्टमा २,७१,००० अमेरिकी डलर चार्ज लिने गर्छिन् ।
नक्कली सामाजिक संजाल फलोअर्सको लिस्टमा भारतीय क्रिकेटर विराट कोहली पनि पर्छन् । विराटको फेक इन्स्टाग्राम र ट्विटर फलोअर्सको संख्या ४४ प्रतिशत रहेको छ । उनको ६,७०,२९,९०४ मध्ये २,९६,५३,६४७ फेक फलोअर्स छन् ।
आजतक