site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायक शर्मालाई गरे मन्त्री विश्वकर्माले सम्मान 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०१९ का अवसरमा युथ एडभोकेसी नेपाल, राष्ट्रिय युवा महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग युवा संजाल नेपाल, दलित युथ एलाईन्स, युनाइटेड युथ लगायतका ३५ वटा भन्दा बढी गैरसरकारी संस्थाले लोकगायक पशुपति शर्मालाइ सम्मान गरेका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गायक शर्मालाइ सम्मान गरेका हुन् ।  

सम्मान कार्यक्रममा मन्त्री विश्वकर्माले भने,‘गायक पशुपति शर्माले गाउनुभएका गीतहरूले समाजलाई सम्बोधन गरेका छन् । राष्ट्रलाई माथि उठाउने काम गरेका छन्। अमेरिका, जापान, बेलायत सबै यहि हाम्रो नेपाल हो । देशको भविष्य र आफ्ना आफन्तको खुसीको लागि युवाहरूले स्वदेशमै बसेर खाडीमा गर्ने परिश्रम यहीँ गर्नुपर्छ ।’  
सामाजिक जनचेतना र वस्तुस्थितिका बारेमा गीत गाएको भन्दै आफ्ना रचनाहरूलाई व्यङ्ग्यत्मक रुपमा ग्रहण गर्न शर्माले आग्रह पनि गरे । 
मन्त्री विश्वकर्माले शनिबार  युवा क्षेत्रमा काम गर्ने विभिन्न संघ—संस्थाद्वारा आयोजित सप्ताहव्यापी ‘राष्ट्रिय युवा अधिकार महाभेला २०७६’ को उद्घाटन पनि गरे । महाभेलाले जारी गर्ने घोषणापत्र आफूलाई उपलब्ध गराउन उनले आग्रह गरे । 

कार्यक्रममा  राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल, सेसी ईन्टरनेसनलका राष्ट्रिय निर्देशक सिताराम भट्ट, गैर सरकारी संस्था महासंघका अध्यक्ष जित बहादुर लामा, संकल्पका अध्यक्ष लिली थापा, राष्ट्रिय युवा अधिकार महाभेलाका संयोजक महेन्द्र थापा लगायतले युवाका विषयमा आफ्ना धारणा राखेका थिए । 

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १९:५९
प्रतिक्रिया दिनुहोस्