site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यी २९ स्क्रिप्ट जो एसियन प्रोजेक्ट मार्केटमा छनोट भए 

काठमाडौं । चलचित्र निर्माणका लागि लगानी जुटाउने मञ्चका रुपमा परिचित एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा यो वर्ष पनि विश्वभरबाट २९ वटा चलचित्रका स्क्रिप्ट छनोट भएका छन् । विश्वभरका ६० देशबाट प्राप्त ३८४ वटा  स्क्रिप्टबाट २९ वटा छनोट भएका हुन् । 

धेरै जसो एसियन देशहरुका स्क्रिप्ट छनोटमा परेका छन् । कोरिया, जापान, भारत, इन्डोनेसिया, मलेसिया, भियतनाम, फिलिपिन्स, चीनलगायत देशबाट आवेदन दिइएका चलचित्रका स्क्रिप्ट छनोटमा परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्कृष्ट २९मा नेपालबाट पनि २ वटा स्क्रिप्ट परेका छन् । निर्देशक विनोद पौडेल र राजेशप्रसाद खत्रीको स्क्रिप्ट छनोट भएका हुन् । 

एपीएमले सार्वजनिक गरेको २९ वटा परियोजनामा दुई नम्बरमा विनोदको स्क्रिप्ट छ भने तीन नम्बरमा राजेशप्रसाद खत्रीको स्क्रिप्ट ब्ल्याक एन्ड ह्वाइट फोटो छ।  

२९ भित्र परेका निर्माता तथा निर्देशकले एपीएमको फोरममा गएर आफूले बनाउन चाहेको चलचित्रको महत्व र प्रभावबारे जानकारी दिनुपर्छ । एपीएममा विशेषतः अमेरिकन र युरोपियन देशहरुबाट प्रोड्युसरहरु आउने गर्छन । उनीहरुले आफूलाई मनपरेको खण्डमा चलचित्रलाई लगानी गर्छन् । 

निर्देशक विनोद पौडेलका अनुसार एपीएम चलचित्रका लागि लगानी जुटाउने राम्रो मञ्च हो । नेपालबाट तेस्रो मुलुक स्थानान्तरण गरिएका भुटानी शणरार्थीको विषय समेटिएको विनोदको स्क्रिप्टका लागि कम्तिमा सवा ५ करोड लगानी लाग्ने उनको अनुमान छ ।

एसियन प्रोजेक्ट मार्केट–२०१९ मा छनोट भएका स्क्रिप्ट:

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १५:४८
प्रतिक्रिया दिनुहोस्