site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
माओत्से भन्छन्– सबै काम सकेर बसेकालाई हल छैन तर सुटिङमा नगएकाले हल ओगट्ने ? 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दयारानी’को रिलिज डेट पुनः सरेको छ । पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र अब फागुन ९ गते रिलिज हुने छ । यसअघि अन्तिम पटक यही साउन ३० गते ‘दयारानी’ रिलिज हुने बताइएको थियो । 

‘दयारानी’ माओत्से गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र हो । मुख्य भूमिकामा दयाहाङ राई र दिया पुन छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पटक पटक प्रदर्शन मिति सार्नु परेकोमा निर्देशक गुरुङले असन्तुष्टि जनाए । “हामी चलचित्रको सबै काम सकेर बसेकालाई हल छैन तर सुटिङमा नगएकाले हल ओगटेर राख्ने रोग रहेछ नेपाली चलचित्र उद्योगमा । यो रोग कहिलेसम्म रहने हो ?” गुरुङ प्रश्न गर्छन् ।

ठूला ब्यानरमा बनेका भनिएका चलचित्र र व्यक्तिको प्रभाव रहेको गुरुङले बाह्रखरीसँग बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  ०९:५७
प्रतिक्रिया दिनुहोस्