
काठमाडौं । पहिलो पटक सुरु भएको मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’बाट थप दुईजना प्रतिस्पर्धी बाहिरिएका छन् ।
कार्यक्रमको १४ औं श्रृंखलाबाट रेस दूताराज विश्वकर्मा र मोहन केसी बाहिरिएका हुन् । १३ औं श्रृंखलामा ‘डेन्जर जोन’मा परेका आठ जना प्रतिस्पर्धीमा निर्णायक र जनताको भोटिङका आधारमा विश्वकर्मा र केसी बाहिरिएका हुन् । अब ‘शो’मा १४ जना प्रतिस्पर्धी बाँकी छन् ।
‘नेपाल लोक स्टार’ ३६ औं श्रृंखलासम्म प्रस्तुत हुने छ ।
विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
यस्तै, प्रथम हुनेले २५ लाख, दोस्रो हुनेले २० लाख र तेस्रो हुनेले १५ लाख रुपैयाँको सिटिजन लाइफ इन्सोरन्स प्राप्त गर्नेछन् । उत्कृष्ट २५ प्रतिस्पर्धीले जनही १० लाख रुपैयाँको सिटिजन लाइफ इन्सोरन्स प्राप्त गर्ने आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए ।
‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । एपीवान एचडीबाट ‘नेपाल लोक स्टार’ प्रशारण भइरहेको छ ।
‘नेपाल लोक स्टार’ले युट्युबको पनि रोयल्टी वितरण गर्ने