site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जो किनारा लागेर पनि फर्किए 
SkywellSkywell

काठमाडौं । नेपाली उखान छ, - सुखमा नमात्तिनू र दुःखमा नआतिनू । तर, उखानले निर्देश गरेअनुसार सधैँ जिन्दगी किन चल्थ्यो र ? जिन्दगीमा प्राप्त सुख सुविधाले कहिले मान्छेलाई अन्धो बनाइदिन्छ । फलतः प्राप्त उपलब्धी नै संकटमा पर्छ । यस्तो अवस्था धेरै व्यक्तिमा आउँछ । चाहे समान्य व्यक्ति होस् अथवा सेलिब्रिटीहरु । 

नेपालमा पनि यस्ता केही कलाकार छन् जो सफलताको उच्चतम् बिन्दूमा पुगेर किनारा लागे । तर, फेरि आफ्नो पुरानै जिन्दगीमा फर्किने प्रयास गरे । नायिका नम्रता श्रेष्ठ सञ्चारकर्मीबाट रजतपटमा डेब्यू गरिन् । चलचित्र क्षेत्रमा प्रवेश उनलाई फाप्यो । ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’, ‘फष्ट लभ’ले उनलाई नायिकामा स्थापित् गर्‍यो । 

एक दशक अगाडि ‘मेरो एउटा साथी छ’ प्रदर्शन भइरहेका बेला नम्रता र डिजे तान्त्रिकबीचको सहवास भिडियो सार्वजनिक भयो । 

KFC Island Ad
NIC Asia

उक्त भिडियोले उनको उकालो लागिरहेको ‘करिअर’ संकटमा पर्‍यो । धेरैले उनको आलोचना गरे । डिप्रेसनको लेबलमा पुगेकी उनलाई कतिले हौसला प्रदान गरे । अधिकांशले नम्रताको करिअर सकियो भनिरहेका बेला विस्तारै उनले ‘कमब्याक’ गरिन् । नम्रता अहिले नेपाली रजतपटमा पहिलो रोजाइकी नायिका हुन् । महङ्गो पारिश्रमिक लिने नायिकामा उनी पनि एक हुन् । 

गायक सुगम पोखरेलले पप संगीतमा स्रोताको मन जितिरहेका थिए । ‘फेरि त्यो दिन सम्झन चहान्न’ बाट उनले आम संगीतप्रमी नेपालीको मन जिते । पप गायनमा मात्रै होइन पाश्र्व गायनमा पनि उनको माग बढ्यो । तर, विडम्बना छ वर्ष अगाडि एक्कासी सुगम पोखरेल पक्राउ परेको खबर आयो ।  खैरो हेरोइनसहित पक्राउ परेका सातजनासँगै रहेका पोखरेललाई शंकाको आधारमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले बयान लियो । 

Royal Enfield Island Ad

गायनमा धेरैले आदर्श मानेका सुगम पक्राउ परेपछि धेरैले अड्कलबाजी गरे अब उनको सांगीतिक ‘करिअर’ धरापमा पर्‍यो । तर, विस्तारै उनी सांगीतिक जीवनमा फर्किए । जति सुमधुर उनको स्वर छ त्यती नै मधुर संगीत भर्ने सुगम अहिले चलचित्रमा पाश्र्व गायनमा रोजाइका गायक तथा संगीतकार हुन् । 

पप गायक अनिल सिंह पनि प्राप्त उपलब्धीलाई बचाउन नसक्ने सेलिब्रिटी हुन् । ‘आई लभ यु’, ‘विल यु म्यारी मि’, ‘प्रेम पत्र’, ‘डुब्न देउ मलाई’ जस्ता दर्जनौं गीतबाट युवा पुस्ताको मन जितेका उनी केही वर्ष ड्रग्स’को कुलतमा फसे । कुलतमा फसेसँगै भूमिगत प्रायः भएका अनिल अहिले आफूलाई पुरानै जिन्दगीमा फर्किने प्रयासमा छन् । गीतसंगीतको यात्रा पुनः तय गरेका छन् । युट्युब च्यानलमार्फत अनिल सिंगल ट्रयाक लिएर आफ्ना दर्शक तथा स्रोता माझ आइरहेका छन् । यद्यपि उनको सांगीतिक यात्राले पहिलाकै लय समाउन सकेको छैन । 

स्वेता खड्का श्रीकृष्ण श्रेष्ठको हात समातेर नेपाली चलचित्र उद्योगमा भित्रिइन् । ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’ चलचित्रमा अभिनय गरेकी स्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरिन् । बोन क्यान्सर भएका श्रीकृष्णको मृत्यु भयो । 

विवाह गरेको एक महिनामै श्रीकृष्णको निधन भयो । उनको निधन भएको केही दिनमै प्रदशर्नमा आएको चलचित्र ‘कोहिनुर’ले बक्स अफिसमा सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्रको इतिहास बनायो । तर, विवाह गरेको एक महिनामै श्रीमान्को निधन भएपछि स्वेताले नेपाली चलचित्र उद्योगमा फर्केलिन् भन्नेमा धेरैलाई विश्वास् थिएन । यद्यपि केही वर्षको अन्तरालपछि उनी चलचित्र ‘कान्छी’ लिएर आइन् । यसमा स्वेता नायिका मात्रै थिइनन् निर्मात्री पनि थिइन् । 

चलचित्र र सांगीतिक उद्योगमा चाहेर र होस् वा परिबन्धमा परेर होस् पाएको सफलतालाई जोगाउन हम्मेहम्मे पर्ने थुप्रै छन् । यस्तै मध्येकी गायिका अञ्जु पन्त पनि हुन् । पारिवारिक जीवन सहजै अगाडि नबढेपछि तनावमा रहेकी अञ्जुको स्वरले साथ दिन नसक्दा उनले सांगीतिक यात्रालाई केही वर्ष विश्राम दिनु पर्‍यो । स्वर फर्किएपछि अञ्जु पनि सांगीतिक जीवनमा फर्किइन् । स्रोताले उनको पुनरागमनलाई सहजै स्वीकार गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro