site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सहमतिमा अन्तरिम संरचना गठन गर्न निर्देशिका बनाउने’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले सहमतिमै पार्टीको अन्तरिम संरचना गठन गर्न निर्देशिका बनाउने निर्णय गरेको छ । 

बैठकले अन्तरिम संरचनाहरु सहमतिमा गठन गर्नका लागि नियमावली बनाउने निर्णय सहमतिमा पारित भएको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बताएका छन् । उनले भने, "बैठकले नियमावली तयार गरेर मंसिर महिनाभित्रै अन्तरिम संरचना गठन गर्ने र त्यसपछी बस्‍ने पहिलो केन्द्रीय समिती बैठकले महाधिवेशनका बारेमा निर्णय गर्ने निर्णय सहमतिबाट पारित भएको छ ।" 

उक्त निर्देशिका २२ गतेको बैठकमा पेस गर्नेसमेत निर्णय भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । उनले भने, "बैठकले मंसिर मसान्तसम्म परिवर्तित संरअचना अनुसार  कृयाशिल सदस्यता अध्यावधिक गर्ने र संरचना निर्माण गर्न तयार पारिएको निर्देशिका २२ गतेको बैठकमा पेस गरिने भएको छ । उक्त निर्देशिका बैठकमा पेस भइसकेपछि छलफल गरेर पास गर्ने निर्णय भएको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

क्रियाशिल सदस्यता अध्यावधिक गरेपछि मंसिरपछि केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ ।

पार्टी मुख्यालयमा शुक्रबार दिउँसो १ बजेका लागि बोलइएको बैठक साँझ ६ बजे सुरु भएको थियो । बैठक अघि शीर्ष नेतृत्वको बीचमा सहमतिका लागिअनौपचारिक छलफल भएको थियो । उक्त छलफलका क्रममा निर्देशिका बनाउने सहमति भएको थियो । छलफलमा देउवा, पौडेल, सिटौला तथा पदाधिकारीहरु सहभागी रहेका थिए । 

Global Ime bank

शीर्ष नेताहरुबीचको छलफलमा भएको सहमतिका बारेमा बैठकमा जानकारी दिएपछि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरु एनपी साउँद, शंकर भण्डारी, रमेश रिजाल, मीन विश्वकर्माले आपत्ति जनाएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । शीर्ष नेताहरुका बीचमा सहमति भएको नियमावली बनाउने विषय छलफल नभएकोमा उनीहरुले आपत्ति जनाएका थिए । स्रोतका अनुसार नियमावली कसरी बनाउने भनेर छलफल हुनुपर्ने उनीहरुको भनाइ थियो । 

बैठकमा उपसभापति विमलेन्द्र निधिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण र कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमकाबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत, महामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन  र प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा जारी अवरोध र अवरोध गर्नुको कारणका बारेमा बैठकमा जानकारी गराएका थिए ।

त्यसैगरी बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया माता बसुन्धरा भट्टराईको निधन र बाजुराको गौमुल गाउँपालिका वडा नं. ६, बसाला, शान्तिटोलमा विहीबार राति घरमाथि पहिरो गई वर्ष ३० की निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, एन.पी. साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र बीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो । 

बैठकको निर्णय देहाय बमोजिम रहेको छ :

अन्तरिम संरचनाका सम्बन्धमा

१३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ । यसकालागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी पारित गरिनेछ । अन्तरिम संरचना गठन तथा १३ औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरे बमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य २०७६ मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ । त्यस पश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउनेछ ।

नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन प्रस्तुत 
नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन समितिका संयोजक, पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नु भयो ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजना बारे प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत
महामन्त्री पूर्णबहादुर खड्काले “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को बैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण २२ गते वुधवार दिनको २ः०० बजे पुनः बस्नेछ । 

समवेदना

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य गोविन्द भट्टराईकी ७४ वर्षीया ममतामयी माता बसुन्धरा भट्टराईको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । बैठकले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

यसैगरी, बाजुरा गौमुल गाउँपालिका वडा नं. ६, बसाला, शान्तिटोलमा विहीबार राति घरमाथि पहिरो गई वर्ष ३० की निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किस्मिता चँदराको निधन भएकोमा यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, बाजुराका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।


कृष्णप्रसाद पौडेल
मुख्य सचिव

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !