site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१४ औं महाधिवेशनको कार्यतालिका निर्माणमा छलफल, सहमतिमै रिक्त संरचनालाई पूर्णता दिनुपर्नेमा जोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार पनि आगामी महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल भएको छ । बिहीबारबाट कांग्रेसमा विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्बन्धमा छलफल सुरु भएको हो ।  

शुक्रबारको बैठकमा पनि पार्टीको संगठनलाई संघीय संरचनाअनुसार विस्तारका क्रममा सहमति गर्ने कि निर्वाचन प्रक्रियामा जाने भन्ने विषयमा केन्द्रीय सदस्यहरु विभक्त भएका छन् । बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले सहमतिमै रिक्त संरचनाहरुलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । 

तर, संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरुले भने विधानअनुसार संक्रमणकालीन व्यवस्थाअनुसार रिक्त संचरनामा पदपूर्ति गर्नुपर्नेमा जोड दिए । शुक्रबारको बैठकमा धारणा राख्दै सिटौला समूहनिकट केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीका रिक्त संरचनाहरु गठनका लागि विधानले गरेको व्यवस्था अनुरुपनै हुनुपर्नेमा जोड दिए । शीर्ष नेताले केन्द्रमा सहमति गरेर तल्लो तहमा समिति बन्न नसक्ने जिकिर गर्दै नेता पौडेलले सहमति गर्नुपरे पनि प्रक्रियामै गएर गर्नुपर्ने बताए । “संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तलको संरचना निर्माण गर्नुपर्छ । व्यवस्था प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा हो । गर्न चाहने हो भने छ महिनाभित्रै संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तलका संरचना निर्माण गर्न सकिन्छ । ७७ जिल्ला मध्येमा सबैभन्दा दुर्गममा मलाई पठाउँदा पनि हुन्छ,” उनले बैठकमा भने ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, संस्थापन पक्ष भने छ महिनामा निर्वाचन गरेर रिक्त संरचनाहरु विस्तार गर्दा विधानले निर्धारण गरेको मितिमा आगामी महाधिवेशन गर्न सम्भव नहुने दाबी गर्दै सहमतिमै जोड दिइरहेको छ । “संक्रमणकालीन व्यवस्था कार्यान्वयन गर्दा विधानले निर्धारण गरेको मितिभित्र अधिवेशन गर्न सम्भव हुँदैन । त्यस कारण सहमतिमै अगाडि बढ्नुपर्छ,” संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउँदको भनाइ थियो ।  

Global Ime bank

संस्थापन इतर मानिने केन्द्रीय सदस्य धनराज गुरुङले भने बैठकमा छुट्टै प्रस्ताव गरेका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै तत्कालीन दुई सय चार निर्वाचन क्षेत्रलाई आधार बनाएर क्रियाशिल सदस्यता वितरण गर्नुपर्ने र महाधिवेशनको मिति तोकिनुपर्ने धारणा राखे ।    

“महाधिवेशन एकदमै नजिक आइसक्यो । समय अपुग हुँदैछ । संक्रमणकालीन व्यवस्थामा जाने हो भने ५-६ महिना त्यसै खान्छ । त्यसैले साविककै (२४०) क्षेत्रमार्फत आजैबाट क्रियाशील सदस्यता वितरण सुरु गरौं,” उनले भने, “संक्रमणकाल भनेर बस्यौं भने वैधानिक अड्चनहरु पनि छन् । लोकतान्त्रक फोरम कांग्रेसमा विलय भएको छ । उसलाई किनारामा टुलुटुलु हेरेर बस् भन्दै हामी चुनाव लड्न मिल्दैन । अहिले नै महाधिवेशनको मिति तोकौं ।”  

कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनको तयारीका बारेमा पदाधिकारीको धारणा माग गरे । “पदाधिकारीहरुको प्रस्ताव के हो पहिला त्यो भन्नुस् । पार्टी त तपाईंहरुकै प्रस्तावअनुसार अगाडि बढ्छ । यो विषयमा तपाईंहरुको प्रस्ताव आइसकेपछि त्यो प्रस्ताव कति स्वाभाविक छ, त्यसअनुसार अगाडि कुरा गर्न सकिन्छ,” नेता सिटौलाले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । 

बैठकमा केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, एनपी साउँद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, प्रदीप पौडेल, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन १२ गते आइतबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement