site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । विकास आचार्य निर्देशित पारिवारिक प्रेमकथा चलचित्र ‘हजार जुनीसम्म’को शुक्रबार ट्रेलर रिलिज गरिएको हो । 

सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र मिलनलाई देखाइएको छ । ट्रेलरमा स्वस्तिमा खड्का, आर्यन सिग्देल, सलोन बस्नेत, अखिलेस प्रधान, अभिनेत्री सञ्चिता लुईंटेल, बाल कलाकार अनुभव रेग्मी, हास्य कलाकार शिवहरी पौडेल लगायत कलाकार फिचर्ड छन् । 

निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले पटकथा तथा संवाद तयार पारेका चलचित्र साउन ३० गते रिलिज हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १७:१७
प्रतिक्रिया दिनुहोस्