site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
निर्मला हाम्री पनि छोरी हुन्, अनुसन्धानमा विश्राम लिँदैनौं
Sarbottam CementSarbottam Cement

निर्मला हत्याकाण्डको शुक्रबार (आज) एक वर्ष पुग्यो । अनुसन्धानबाट अभियुक्तको पहिचान हुन सकेको छैन । निर्मला हत्याकाण्डको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी नै वर्खास्तदेखि निलम्बनसम्म भए । किन निर्मला हत्याकाण्डको अनुसन्धान यति पेचिलो र विवादित बन्यो ? एक वर्षको दौरानमा प्रहरीले के–के गर्यो ? नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी) विश्वराज पोखरेलसँग बाह्रखरीले यिनै प्रश्नहरु गरेको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धान एक वर्षमा कहाँ पुग्यो ?
अनुसन्धानको प्रक्रिया निरन्तर छ । यसलाई निष्कर्षमा पुर्याउन हामीलाई धेरै चुनौतीको सामना गर्नुपरेको छ । अहिलेसम्म हामीले गरेको अनुसन्धानबाट हामी यसलाई सफलतातर्फ पुर्याउँछौं । अपराधीलाई कानुनको दायरामा ल्याउन सक्छौं भन्ने अनुभूत गरिरहेका छौं । 

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी किन यति धेरै विवादित बन्यो ?
विवादित बनेको छैन । नेपाल प्रहरीप्रति विश्वास गर्ने र नेपाल प्रहरीप्रति भरोसा गर्नेको ठूलो जमात छ । नेपाल प्रहरीप्रति असन्तृष्ट धारले यसलाई मुद्दाको रुपमा उठान गरेको छ । पटक–पटक यहि विषयलाई मुद्दा बनाएर एउटा प्लेटफर्म बनाउन खोजिएको छ । बाहिर जसरी नेपाल प्रहरी विवादित भयो भनिएको छ, यो विवादित हुने विषय नै होइन । नेपाल प्रहरीले यस्ता धेरै घटनाको सफल अनुसन्धान गरिसकेको छ । यसमा पनि ढिलोचाँडो सफलता हात पर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसो भए अनुसन्धान सफल पार्न केले छेक्यो त ? 
एउटा सुरुवातको अनुसन्धानले जुन बाटो समातेको थियो, त्यो बाटो नै फेर्नुपरेपछि नयाँ ढङ्गले प्रस्तुत हुनुपर्यो । नयाँ ढङ्गले अगाडि बढ्दा हिजोको दिन जुन ढङ्गको परिस्थिति र परिवेश थियो, त्यसमा शंका उपशंका रहिरहेको छ । ती शंका, उपशंकालाई चिरेर फेरि अनुसन्धानलाई निष्कर्षमा पुर्याउने कुरा नै चुनौती हो । 

प्रहरी र जनताको बीचमा विश्वासको संकट छ भनिन्छ नि ?
विश्वासको संकट होइन । जनताले प्रहरीलाई विश्वास नै गरेको अवस्था हो । विश्वास गर्दागर्दै पनि प्रहरीप्रति जनताको अपेक्षा बढी हुन्छ । प्रहरीले यो काम छिटो गरीदिए हुन्थ्यो, छिटो हत्यारा पत्ता लागे हुन्थ्यो भन्ने हुन्छ । फेरि हामीले त्यो चाहँदा चाहँदै पनि प्राविधिक हिसाबले त्यो अनुसन्धानको विषयमा कहिलेकाहिँ अपेक्षित गती लिन सक्दैनौं । त्यसैले जनताको मनमा किन छिटो आएन भन्ने हो तर अविश्वास नै कहाँ छ र ?

Global Ime bank

अनुसन्धानमा संलग्न प्रहरी नै कारवाहीमा परे । प्रहरीभित्रै यसले अनुसन्धानमा खटिएकाहरुको साख गिर्यो भन्ने पनि एकथरीको बुझाइ छ । गलत अनुसन्धान गर्ने अधिकारीलाई कारवाही गर्दा मनोवल खस्छ र ?
यसले कसैको मनोबल गिरेको छैन । सबैमा आफ्नो पेशाप्रति पूर्ण व्यावसायिक र इमान्दार बन्नुपर्छ भन्ने सन्देश नै दिएको छ । यसलाई शिक्षाको रुपमा लिनुपर्छ । 

गृहमन्त्रीले बलात्कार अनुसन्धानका घटनामा ९५ प्रतिशत बढी सफलता पाएको बताउनुभयो तर निर्मला प्रकरणमा चाहिँ किन सफल हुन सकिएन ? 
विगतकै घटनाहरु हेर्नुभयो भने कुनै–कुनै घटनाहरु विशेष प्रकृतिको र विशेष समय लिने हुन्छन् । यसलाई हामीले रोकेका छैनौं । यसको सफल अनुसन्धान नभएसम्म नेपाल प्रहरीले विश्राम पनि लिँदैन । त्यसैले छुट्टै प्रकारको चुनौती छैन । रानीवारी हत्याकाण्ड नै हेर्नुभयो भने हिजो मान्छेहरु अब अनुसन्धान नै हुँदैन किन ? पत्ता नै लाग्दैन कि भन्दै आएका थिए, पत्ता त लाग्यो नि । त्यसैले अनुसन्धानको जटिलता रहन्छन् । अनुसन्धानले एउटा बाटो लिन्छ । कहिलेकाहीँ अनुसन्धान जटिल र विशेष प्रकृतिको हुन्छ । त्यसैले समय बढी लागेको हो ।

निर्मलाको न्यायको पखाइ लामो भयो । अभियुक्त कहिले पक्राउ पर्छन् ?
यो घटनाको पीडा आफन्तको लागि जति छ, त्यतिकै पीडा हामीले पनि महसुस गरेका छौं । हामीले आफ्नो छोरी, बहिनी गुमाएको पीडा अनुभूत गरेका छौं । यो पीडाको घडीमा हामीले छिटोभन्दा छिटो यसलाई निष्कर्षमा पुर्याएर अपराधीलाई कानुनको दायरामा ल्याउन सक्यौं भने त्योबला हामीलाई पनि सन्तृष्टि र राहत मिल्छ । जनताको प्रहरीप्रति जुन विश्वास छ। त्यो झन् बढ्छ । 

प्रहरी नै प्रमाण नष्ट गर्नतिर लागे, अनुसन्धानमा लापरवाहि गरियो भन्ने प्रतिवेदन नै आए । प्रहरीले कसैलाई बचाउन खोजेको हो ?
कुनै पनि अभियुक्तलाई बचाउने कुरा प्रहरीले कहिल्यै सोच्न सक्दैन । पेशाले नै सोच्न सक्दैन । आफूले नै जिम्मेवारी बोकेको क्षेत्रमा आफू नै असफल हुने क्रियाकलाप गर्छ भन्नु तार्किक हँुदैन । किनभने त्यहाँ उसको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने कुरामा यस्ता कुराको भूमिका रहन्छ कि अपराध अनुसन्धान गर्ने कुरामा होस् । या जिम्मेवारी निर्वाही गर्ने कुरामा कुनैपनि त्रुटि भएन भनेमात्रै त्यो कमाण्डर सफल हुन्छ । तर कहिलेकाहीँ कुनै कुराहरुमा जति ध्यान पुग्नुपर्ने हो त्यति पुग्न नसकेर, ज्ञानको अभावमा, अञ्जानमा यस्ता कुराहरु भएका हुन्छन् । अञ्जानमा भएको कुरालाई नियतवश भनेर व्याख्या गर्न हुँदैन । अञ्जानकै कारण उनीहरुले त्यो क्षति व्यहोर्नुपर्यो र हामीले पनि क्षति व्यहोरिरहेका छौं । 

नेपाल प्रहरीको टाउको दुखाइ नै बनेको हो निर्मला हत्याकाण्ड ? 
टाउको दुखाइ होइन । हामी यसमा बढी संवेदनशील छौं । यो अनुसन्धानलाई जसरी पनि सफल पार्नुपर्छ भन्ने हाम्रो सोच छ । यसमा हाम्रो लगानी र प्रयत्न निरन्तर रहिरहन्छ । यसमा नेपाल प्रहरीले विश्राम लिँदैन । अभियुक्तलाई कानुनको दायरामा ल्याएरै छाड्छौं । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय