site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘साइनो’को आइटम गीत सार्वजनिक 

काठमाडौं । चलचित्र ‘साइनो’को आइटम गीतको भिडियो सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्रको ‘क्या वात छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
मीना निरौलाको आवाज रहेको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालको छ ।

गीतमा नायिका नीता ढुंगानाको नृत्य देख्न सकिन्छ भने नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रमेश थापाको निर्देशन रहेको चलचित्र ‘साइनो’मा नीता ढुंगाना, राज कुमार, मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल लगायत कलाकारको अभिनय छ । 

चलचित्र साइनो यही साउन २४ गते प्रदर्शनमा आउँदैछ । 

अभिमन्यु निरबीले चलचित्रको कथा लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १७:१६
प्रतिक्रिया दिनुहोस्