साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फटाह फणिन्दे्र’ मा सुष्मा कार्की मुख्य भूमिकामा देखिने भएकी छन् । अन्य कलाकार भने छनोट गर्न बाँकी रहेको चलचित्रका निर्माता अरुण खड्काले जानकारी दिए ।
निर्माता अरुणले नै चलचित्र ‘फटाह फणिन्द्रे’ निर्देशन गर्ने भएका छन् । ‘तिम्रो लागि’, ‘पाठशाला’ उनले निर्माण गरेका चलचित्र हुन् ।
उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा तथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायांकन रहनेछ ।
नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरामा निर्माण हुनेछ ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६ १६:५०
प्रतिक्रिया दिनुहोस्