site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुई महिनापछि ऐश्वर्या इन्स्टाग्राममा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । झन्डै दुई महिनाको निष्क्रियतापछि बलिउड अभिनेतृ ऐश्वर्या राय बच्चन इन्स्टाग्राममा फर्किएकी छिन् । मंगलबार पति तथा अभिनेता अभिषेक बच्चनका तस्बिर सेयर गर्दै उनी सामाजिक सञ्जालमा फर्किएकी हुन् ।

फोटोमा अभिषेक बच्चनलाई आफ्नो कबड्डी टिम ‘द पिंक प्यान्थर’ लाई सपोर्ट गर्दै गरेको देख्न सकिन्छ । फोटोको क्याप्सनमा ऐश्वर्याले पिंक प्यान्थर टिमलाई शुभकामना दिएकी छिन् भने पहिलो कमेन्टस्वरुप अभिषेकले ऐश्वर्यालाई लक्की चार्म भनेर सम्बोधन गरेका छन् । ऐश्वर्याले पछिल्लो पटक मे २३ मा पोस्ट गरेकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १२:५६
प्रतिक्रिया दिनुहोस्