साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सोच’को टिजर सार्वजनिक गरिएको छ । पुजन सिंहले निर्देशन गरेको चलचित्रको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना, पुजन सिंहका साथै किरण थापा प्रस्तुत छन् ।
गंगा रजक र एसडी निर्माता रहेको चलचित्रमा एनवी महर्जनको द्धन्द्ध र रामजी लामिछाने तथा पुजन सिंहको कोरियोग्राफी छ । बिदुर पाण्डेले खिचेको चलचित्रको कथा निर्देशक पुजन स्वयम्ले लेखेका हुन् ।
पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् । चलचित्र भदौ २० गते प्रदर्शन हुने छ ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६ १७:३४
प्रतिक्रिया दिनुहोस्