साहित्य

काठमाडौं । साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’ लिखित नियात्रा कृति ‘भेरीका गाउँघर’ बजारमा आएको छ । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको ‘भेरीका गाउँघर’मा स्रष्टा ‘यात्री’का सात वटा नियात्रा संगृहित छन् । पुस्तकमा ‘नियात्राको रोचक प्रसंग’ शीर्षकमा जानकारीमूलक आलेख पनि प्रस्तूत छ । यस अघि पूर्णप्रकाश नेपाल ‘यात्री’का नियात्रा संग्रह ‘मेरो मुक्तिनाथ यात्रा’, ‘सेतीको नालिबेली’, ‘काशीपुरी परिदर्शन’, ‘नियात्राको नौलो सुसेली’ र ‘राराको सौँराइ’ प्रकाशित छन् ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६ ०७:५८
प्रतिक्रिया दिनुहोस्