site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एमि अवार्ड २०१९ नोमिनेसनमा ‘गेम अफ थ्रोन्स’को दबदबा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । हलिउडको पपुलर टिभी शो गेम अफ थ्रोन्स एमी मंगलबार भएको एमी अवार्ड नोमिनेसन अनाउन्समेन्टमा हलिउड च्यानल एचबिओको पपुलर शो गेम अफ थ्रोन्स सबैभन्दा धेरै विधामा नोमिनेसनमा पर्न सफल भएको छ ।  जम्मा ३२ विधामा नोमिनेसनमा परि यसले अहिलेसम्मकै रेकर्ड तोडेको छ । 
यो भन्दा अघि २७ विधामा नोमिनेसनमा परि एचबिओ कै ‘एनवाईपीडी ब्लू’ ले त्यो रेकर्ड राखेको थियो ।

यसको अन्तिम एपिसोड गत मे १९ मा प्रसारण भएको थियो । अन्तिम सिजनलाई लिएर दर्शकबाट केही नराम्रो प्रतिक्रिया आएपनि यसले एमी नोमिनेसन प्रकृयामा भने कु्नै असर गरेको देखिएन । ३२ विधामध्ये सबैभन्दा बढी अभिनयको विधामा नोमिनेसनमा परेको छ ।  ‘गेम अफ थ्रोन्स’ जर्ज आर आर मार्टिनको नोबेल ‘अ सङ्ग अफ आइस एण्ड फायर’ आधारित छ । 


 

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०५:१५
प्रतिक्रिया दिनुहोस्