site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्पदंशविरुद्धको खोप अभाव

नुवाकोट । नुवाकोटमा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम)को अभाव भएको छ । सर्पले डसेपछि उपचारका लागि दिइने उक्त खोपको अभाव भएपछि सेवा
लिन बिरामीलाई काठमाडौँ पुग्नुपर्ने बाध्यता बनेको छ । 

नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी तथ्यांकका आधारमा केन्द्रबाट औषधि नपठाउँदा अभाव भएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले
जानकारी दिए । उनका अनुसार अस्पतालमा सातामा नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाइबाट बिरामी भएका पाँच जनासम्म सेवा लिन आउने गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यहाँ औषधी नहुँदा उनीहरुलाई काठमाडौँ पठाउने गरिएको छ । “अन्य जिल्ला विशेष गरेर तराईबाट निर्माणका सामग्री ल्याउँदा विषालु सर्प भित्रिएको पाइएको छ”, केसीले भने,
“केन्द्रबाट माग भएकाले केही मात्रामा भए पनि अर्को महीनादेखि आउने आशा राखेका छौँ ।”

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि ल्याएर जिल्ला अस्पतालसहित मुख्य-मुख्य स्वास्थ्य संस्थामा पठाउन तयारी मिलाइरहेको स्वास्थ्य
कार्यालय नुवाकोका प्रमुख राममणि घिमिरेले जानकारी दिए । - रासस
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २१:२०
प्रतिक्रिया दिनुहोस्