site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भदौदेखि कांग्रेस संघीय संरचनामा जाने, जागरण अभियान संरचना विस्तारमा परिणत हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी भदौ पहिलो साताभित्रै पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारको तयारी गरेको छ । आइतबार (आज) बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले भदौ पहिलो साताभित्रै निर्वाचन प्रक्रियामार्फत् पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तार गर्ने निर्णय गर्ने तयारी गरेको हो ।

पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बैठक बस्दैछ । बैठकमा नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुनेछ । बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजबाट सुरु हुन गइरहेको बैठकले पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारका लागि आवश्यक निर्णय गरिने जानकारी दिए । ‘‘केन्द्रीय कार्यसमिति बैठकले रिक्त रहेका संरचनाहरु निर्माणका लागि विधानअनुसार अन्तरिम अधिवेशनमा जाने निर्णय गर्छ,’’ उनले भने, ‘‘सम्भवतः भदौ पहिलो साताभित्र रिक्त रहेका संरचनाहरु निर्माण गरिसक्ने गरी हामी अगाडि बढ्छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता शर्माले प्राविधिक कारणवश भदौ पहिलो साताभित्र रिक्त रहेका संरचनाहरुलाई पूर्णता दिन नसकिए भदौ २४ गतेबाट सुरु हुने भनिएको पूर्वनिर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संरचना विस्तारमा परिणत हुनेसमेत संकेत गरेका छन् । ‘‘प्राविधिक तयारीका लागि समय लाग्ने अवस्था भयो भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पार्टीको संरचना विस्तारमा परिणत हुन सक्छ,’’ उनले भने ।  

यसअघि कांग्रेसले पहिलो चरणको एक महिने राष्ट्रय जागरण अभियानका उपलब्धिबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा संघीय संरचनाअनुसार पार्टी संगठनलाई विस्तार गरेरमात्रै दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने बताएको थियो । 

Global Ime bank

महासमिति बैठकबाट पारित भएर गत फागुन १२ गते केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको कांग्रेस विधानमा टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहमा पार्टी संरचनाको व्यवस्था गरिएको छ ।

प्रवक्ता शर्माले संगठन विस्तार नभएका संरचनाहरुको समिति गठन गर्दा १३ औं महाधिवेशनका प्रतिनिधिहरु नै मतदानमा सहभागी हुने बताए । विधानको धारा ७२ को उपधारा ४ का (ख), (ग) र (घ) ले प्रदेश कार्यसमिति तत्कालीन महाधिवेशन प्रतिनिधि र त्यस तलका कार्यसमितिहरू क्षेत्रीय प्रतिनिधिबाट निर्वाचित हुने व्यवस्था गरेको छ । 

यस्तै वडा समिति चयनका लागि हुने निर्वाचनमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरु मतदानमा सहभागी हुनेछन् । कांग्रेसको संशोधित विधानमा वडादेखि केन्द्रसम्म गरी आठ वटा तह हुने व्यवस्था छ । 

तर, विधान पारित भएको पाँच महिना बित्न लागे पनि ७७ जिल्लामा मात्रै समिति छन् । तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रअनुसार क्षेत्रीय समिति, निर्वाचन क्षेत्र दुई ४० बाट घटेर एक सय ६५ संघीय निर्वाचन क्षेत्रअनुसार क्षेत्रीय समिति पनि कांग्रेसले गठन गर्न सकेको छैन । 

एक निर्वाचन क्षेत्र भएका ३० भन्दा बढी जिल्ला र काठमाडौं उपत्यकाका १५ बाहेक एक सय २० निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति पुनः गठन गर्नुपर्नेछ । त्यस्तै सात प्रदेशमा प्रदेश समिति पनि गठन हुन बाँकी छ । 

कांग्रेस प्रवक्ता शर्माले आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले नियमावली मस्यौदा समितिले तयार पारेको नियमावली पारित गरेपछि विधानतः संरचना निर्माणको बाटो खुला हुने बताए । ‘‘विधान पास भइसकेपछि अबको बैठकले बल्ल नियमावली टुंग्याउँछ । नियमावली टुंगिसकेपछि मात्रै विधानले संरचना निर्माणका लागि मार्ग प्रसस्त गर्छ,’’ उनले भने । 

२०७२ फागुनमा पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाको चार वर्षीय कार्यकाल आगामी फागुनमा सकिँदैछ । फागुनमा नियमित महाधिवशेन हुनुपर्ने भए पनि कांग्रेसमा महाधिवेशनको कुनै सुरसार सुरु भएको छैन । 

विधानतः कांग्रेस सभापतिको नियमित कार्यकाल चार वर्ष हुन्छ भने विशेष अवस्थामा बढीमा एक वर्ष थप गर्न पाइन्छ । नियमित कार्यकाल सकिनै लाग्दा पनि सभापति देउवाले महाधिवेशन प्रक्रिया अगाडि बढाएका छैनन् । 

उनी विधानतः एक वर्ष र संविधानले दिएको अधिकार प्रयोग गरेर थप छ महिना आप्mनो कार्यकाल लम्ब्याउने दाउमा देखिएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement