site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरी अब ७७ वटै जिल्लामा, सेनाकै संरचनामा सरुवा
SkywellSkywell

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो सांगठनिक संरचनामा व्यापक फेरबदल गरेको छ । संघीय सरकारको मातहत रहेको सशस्त्र प्रहरी बलले मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै संरचनामा फेरबदल गरेको हो ।

पुरानो संरचनामा देखिएका कमी हटाउँदै परिवेश सुहाउँदो संरचनामा सशस्त्र प्रहरी बल अगाडि बढेको प्रवक्ता डीआईजी सुरज श्रेष्ठले जानकारी दिए । संगठनको पुनर्संरचना अनुसार ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बललाई ७७ जिल्लामै विस्तार गरिएको छ । ६० वटा जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति स्थायी रुपमा रहेको छ भने १७ जिल्लामा अस्थायी रुपमा परिचालन गरिएको हो । 

७७ जिल्लामै सशस्त्रको उपस्थितिले अपराध नियन्त्रणदेखि शान्ति सुरक्षा र अप्रत्याशित रुपमा आइपर्ने विपतमा समेत ठूलो सहयोग पुग्ने संगठनको विश्वास छ । 

KFC Island Ad
NIC Asia

यसअघि पाँच बाहिनी रहेकोमा थप तीन गरी आठवटा बाहिनी कायम गरिएको छ । पाँचवटा शिक्षालयलाई छ वटा प्रस्ताव गरी तालिम शिक्षालयको संख्या ११ बनाइएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि २७ गण रहेकोमा नौ वटा गण थप गरेर ११ पुर्याइएको छ । श्रेष्ठले भने, ‘‘मुलुकको आवश्यकता र अवस्थाको अध्ययनपछि पुनर्संरचना गरेका हौं । यसले उपस्थिति मात्रै बढाउँदैन, काममा समेत प्रभावकारिता देखिनेछ ।’’

यस्तै, २१ वटा सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरोन्नति गरिएको छ । ३८ गुल्ममा १८ थप गरी ५६ स्थायी गुल्म कार्यालय स्थापना गरिएको छ । गुल्ममा १६० जनशक्ति अनिवार्य कायम गरिएको छ । यसअघि गुल्ममा ७५ जना कार्यरत रहँदै आएका थिए । योबाहेक १७ वटा आश्रित गुल्म थप गरिएको छ । डीआईजी श्रेष्ठका अनुसार सीमा सुरक्षालाई संवेदनशील रुपमा लिँदै ८७ वटा बीओपीलाई बढाएर १०६ कायम गरिएको छ । 

Royal Enfield Island Ad

सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमामा मात्रै १५ हजार जनशक्ति परिचालन गरेको छ । यसअघि ९ हजार जनशक्ति सीमा क्षेत्रमा परिचालन गरिएको थियो । ‘‘सीमित स्रोतसाधनको अधिकतम प्रयोग गर्दै राज्यले प्रदान गरेको जिम्मेवारी पूरा गर्दै आएका छौं । समयानुकूल संरचना फेरबदल पनि गरिरहेका छौं,’’ डीआईजी श्रेष्ठले भने ।

व्याक्ति होइन, गण र गुल्म नै सरुवा

सशस्त्र प्रहरी बलले अब गण र गुल्मको पूरै युनिट नै सरुवा गर्ने कार्यको पहल थालेको छ । यसका लागि आवश्यक गृहकार्य सुरु गरिएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि गण र गुल्ममा व्यक्तिको सरुवा हुँदै आएको थियो । प्रवक्ता श्रेष्ठले भने, ‘‘युनिट नै सरुवा हुँदा चेन अफ कमाण्डदेखि कार्यमा समेत सहजता हुन्छ । कमाण्डरलाई आफ्नो युनिटका राम्रा–नराम्रा सबै पक्षको जानकारी हुन्छ ।क्षमताअनुसार जिम्मेवारीमा पनि सहजता हुन्छ ।’’

सशस्त्रले गर्न लागको यो अभ्यास नेपाली सेनाजस्तै हो । नेपाली सेनामा युनिट नै सरुवा हुँदै आएको छ । सशस्त्र प्रहरीले सशस्त्र संघर्ष, विद्रोह, पृथकतावादी गतिविधि, आतंकवादी गतिविधि, दंगा नियन्त्रण, विपद् व्यवस्थापन, सीमा र औद्योगिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण लगायतका कार्य गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro