site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसले गर्दैछ काठमाडौंमा युवतीमाथि ‘नियोजित’ आक्रमण ? रोग सार्ने खतरा 
SkywellSkywell

काठमाडौं । दुई साताअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा तीनजना युवती अनौठो उजुरी लिएर पुगे । उनीहरुले मोटरसाइकलमा आएका युवाले आफ्नो शरीरमा तिखो ‘सिरिन्ज’जस्तो वस्तुले घोचेर घाउ बनाएको बताए ।

साँझको समयमा ढल्कु र पकनाजोल क्षेत्रमा निस्किएका युवतीमाथि मोटरसाइकलमा आएको मास्कधारी समूहले कम्मरमा ‘सिरिन्ज’ जस्तो देखिने तिखो वस्तुले प्रहार गरेर फरार भएका थिए । प्रहरीलाई पीडित युवतीले दिएको बयानअनुसार राति ९–१० बजेको समयमा बाहिर निस्किएको बेला वा बाहिरबाट घर फर्किने क्रममा ‘सिरिन्ज’ जस्तो तिखो वस्तुले हानेका थिए । 

KFC Island Ad
NIC Asia

तिखो वस्तुले खोपेर गएपछि निकै पीडा भयो । उनीहरु अर्को दिन उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । प्रहरीसँग पुगेका तीनैजना युवतीको उमेर २२ देखि २७ सम्म रहेको प्रहरी स्रोतले जानकारी दियो । तर कुनै पनि युवतीले मोटरसाइकलमा आएका ती व्यक्तिको अनुहार ठम्म्याउन सकेका छैनन् ।

आफूमाथि प्रहार हुँदा निकै पीडा भएको र रगतसमेत बगेको उनीहरुको भनाइ छ । महानगरीय प्रहरी परीसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होबिन्द्र वोगटी घटनाको अनुसन्धान भइरहेको बताउँछन् । बोगटीले भने, ‘‘अहिले नै ‘सिरिन्ज’ हो कि होइन भन्न सकिने अवस्था छैन । अन्य धारिलो हतियार पनि हुनसक्छ । यसको पछाडि कुनै व्यक्तिगत कारण वा अन्य कुनै रोगको संक्रमण फैलाउने कारण पनि हुन सक्छ ।’’ 
महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापा पीडितलाई बोलाएर घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको बताउँछन् । थापाले भने, ‘‘सिरिन्ज हो वा होइन भन्न सकिन्न तर सिरिन्ज आक्रमण भन्ने कुरा नयाँ प्रकारको आक्रमण शैली हो । यसको टे«न्ड के हो ? यसलाई विभिन्न कोणबाट हेर्ने काम गरिरहेका छौं ।’’

Royal Enfield Island Ad

मोटरसाइकलमा आएको समूहले युवतीमाथि आक्रमण गरेपनि उनीहरुको साथमा भएको सरसामान भने केही लगेनन् ।  एकजनामाथि मात्रै आक्रमण भएको भए रिसिबी हो कि भन्न सकिने भए पनि समूहमै आक्रमण गरेकाले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

काठमाडौंमा युवतीमाथिको यो आक्रमण नयाँ प्रकृतिको हो । सिरिन्ज आक्रमणपछि एचआइभी, हेपाटाइटिस बि, हेपाटाइटिस ‘सि’लगायतका रोगको संक्रमण हुन सक्ने भन्दै सन्त्रास छ । अस्पताल प्रशासनले उनीहरुलाई ती रोगको संक्रमणबाट जोगाउन आवश्यक उपचार र खोप लगाएको छ । 

४ जना युवतीमाथि आक्रमण भएको पाइएपनि प्रहरी जानकारीमा तीनजना मात्रै छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेढ महिनायता ४ जनामाथि  आक्रमण भएको स्थानमा सानो सियोले घोचेको जस्तोे प्वाल देखिएकोे बताए । बास्तोलाले भने, “सुरुमा एक जना बिरामी आउँदा सामान्य लागेको थियो । तर, लगातार अन्य तीन जना बिरामीहरु सोही प्रकृतिको समस्या लिएर आए । आक्रमण गर्ने मानिस कुनै सरुवा रोगबाट संक्रमित भएर त्यो रोग अरुमा सार्न हो खोजेको हुन सक्छ, या कुनै मानसिक समस्या भएर । केही रहस्य त पक्कै छ ।” 

“ठ्याक्कै सिरिन्ज हो या होइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले हुने आक्रमण जस्तो देखिएको छ,” उनले थपे । सिरिन्जले आक्रमण गरेको व्यक्तिमा संक्रमण भए नभएको थाहा पाउन ३ महिना लाग्ने डा. बास्तोलाले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro