साहित्य

काठमाडौं । कथाकार एलबी क्षेत्रीको नयाँ कथा संग्रह ‘व्रतभङ्ग’को काठमाडौंमा विमोचन गरिएको छ ।
राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा आख्यानकार डा. ध्रुवचन्द्र गौतम, अर्चना थापा, महेश पौड्याल, कुमारी लामा, लेखक एलबी क्षेत्रीले पुस्तकको विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रमका प्रमुख अतिथि डा. ध्रुबचन्द्र गौतमले एलबीका कथाहरू छोटा, रसिला र रोचक भएको बताए । समीक्षक कुमारी लामाले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेकी थिइन् भने अर्चना थापाले महिला पुरुष सम्बन्धका विविध आयामबारे कथा बुनिएको चर्चा गरिन् ।
कार्यक्रममा महेश पौडेल र एलबी क्षेत्रीले पनि बोलेका थिए । पुस्तक बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६ १८:०९
प्रतिक्रिया दिनुहोस्