साहित्य

काठमाडौं । ‘छक्का पञ्जा’ सिरिज निर्माण गरेर नेपाली चलचित्र उद्योगका बक्स अफिसका सबै रेकर्ड ब्रेक गरेका दीपकराज गिरी नयाँ चलचित्र मार्फत दर्शकमाझ आउने भएका छन् ।
उनले आफ्नो नयाँ चलचित्रको नाम ‘छ माया छपक्कै’ रहेको जनाएका छन् । ‘छ माया छपक्कै’ यही वैशाखबाट छायांकन सुरु गरिने र दसैंमा रिलिज गर्ने जनाएका छन् ।
‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘छ माया छपक्कै’ सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले निर्माण गर्नेछ ।
चलचित्रका कलाकार केही दिनमा सार्वजनिक गरिने निर्देशक लामाले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५ ११:०९
प्रतिक्रिया दिनुहोस्