site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशमा सेल्फी खिचेर नेपालमा सुन पठाउँछन् तस्कर ! ११ महिनामा ११५ किलो बरामद
SkywellSkywell

काठमाडौं । पछिल्लो समय सुन तस्करहरुले विदेशबाट नेपाल फर्किने नेपालीहरुलाई सुन तस्करीमा प्रयोग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको लागि विदेश गएका नेपालीहरुलाई घर फर्किने क्रममा सुन तस्करले कमिसनको लोभमा तस्करीमा प्रयोग गर्ने गरेको पाइएको हो । 

प्रहरी अधिकारीहरुका अनुसार ५० ग्रामबराबरको सुन काठमाडौं पुर्याइदिएबापत ५ हजार नेपाली रुपैयाँ तस्करले दिने गरेका छन् । विदेशमा रहेका तस्करको समूहले साउदी अरेबिया, कुवेत, कतार, ओमन, बहराइन, युनाईटेड अरब ईमिरेट्स लगायतका देशबाट स्वदेश फर्किने नेपालीलाई प्रयोग गर्ने गरेका छन् ।

तर उनीहरुले सुनको ढिक्का नभएर गहना बनाएर शरीरमै लगाइदिएर पठाउने गरेका छन् । एक प्रहरी अधिकारीले भने, ‘‘तस्करको समूहले सुरुमा नेपाल फर्किने नेपालीको पहिचान गर्छन् । उनीहरुलाई भेटेपछि गहनाको रुपमा सुन लगाएर नेपाल पुर्याइदिए त्योबापतको कमिसन दिने लोभ देखाउँछन् । आपसमा कुरा मिलेपछि विदेशमा रहेका तस्करले नेपाल आउन लागेका कामदारसँग सेल्फी लिन्छन् । त्यो सेल्फी नेपालमा रहेका आफ्ना एजेन्टलाई पठाउँछन् । त्यही फोटोको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि सुन लिने गरेका छन् ।’’ 

KFC Island Ad
NIC Asia

यस्तोमा दुबईबाट नेपाल आउने नेपाली कामदारको बढी प्रयोग गर्ने गरेको पाइएको छ । पछिल्लो समय विमानस्थलबाट ठूलो मात्रामा सुन तस्करी हुने क्रम कम भएपछि तस्करहरुले सुन तस्करीको नयाँ शैली अपनाएका हुन् । विदेशबाट स्वदेश आउनेहरुले औठी, सिक्री, कानको मुद्रा बनाएर तस्करीको सुन नेपाल पुर्याइदिने गर्छन् । तस्कहरुले हवाई मार्गबाट सुन गहनाको रुपमा तस्करी गर्ने गरेका छन् । तर पछिल्लो समय सडकमार्ग अर्थात् चिनियाँ नाकाबाट नेपालमा सुन भित्रिने गरेको पाइएको छ । तातोपानी नाका बन्द भएपछि रसुवा नाका तस्करको रोजाइ भएको छ । 

११ महिनामा ११५ किलो सुन बरामद
नेपाल प्रहरीले पछिल्लो ११ महिनामा मात्रै विभिन्न स्थानबाट तस्करीको ११५ किलो तस्करीको सुन बरामद गरेको छ । केही दिन अघिमात्रै कञ्चनपुरमा झण्डै २४ किलो सुन बरामद गरेको प्रहरीले त्यसअघि १० महिनामा विभिन्न स्थानबाट ९१ किलोग्राम सुन बरामद गरेको हो । यो अवधिमा सुन तस्करीमा संलग्न १३० जना पक्राउसमेत परेका छन् ।

Royal Enfield Island Ad

तर पक्राउ पर्नेमा अधिकांश भरिया वा विदेशबाट स्वदेश फर्किने कामदार छन् । प्रायः सुन तस्करीमा मालिक भने पक्राउ पर्दैनन् । प्रहरीले पछिल्लो १० महिनाको अवधिमा ९९ किलो अवैध चाँदीसहित ३७ जनालाई पक्राउ गरेको छ । 

किन हुन्छ सुन तस्करी  ? 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिकिलो ४५ लाखको हाराहारीमा पर्छ । नेपालमा राष्ट्र बैंकबाट सुन किन्ने हो भने प्रतिकिलो सुनमा ५ लाखबराबर भन्सार कर तिर्नुपर्छ । यस्तोमा सुन पसलेहरुले तस्करीको सुन किन्न चाहन्छन् । तस्करीको सुन किन्न पाइए एक किलोमा ५ लाख बराबरको फाइदा हुन्छ । हवाई मार्गबाट आउने सुनबाहेक स्थलमार्गबाट भरियाले एक किलो अवैध सुन सम्बन्धित व्यक्तिलाई केरुङ वा तातोपानीबाट पुर्याउन सके ५० हजार कमिसन पाउँछन् । काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त लामाका अनुसार चीनबाट रसुवा सुन आइपुगेपछि त्यहाँबाट पत्याउनै नसकिने खालका भरियाको छनोट हुन्छ । ती भरियालाई सुन दिइन्छ तर काठमाडौं कसलाई दिने भन्ने जानकारी दिइँदैन । 

यस्तोमा उनीहरुले मालिक नै चिन्न पाउँदैनन् । त्यसैले प्रायः भरिया समातिन्छन् तर मालिक उम्किन्छन्  । केरुङबाट भित्रिने सुनका अधिकांश मालिक चीनकै केरुङ आसपास बस्छन् । उनीहरु कोही नेपाली र कोही चिनियाँ नागरिक नै हुन्छन् । दुवैतिरकोे भाषा राम्रोसँग बोल्न सक्छन् । प्रहरीका विभिन्न अनुसन्धानका क्रममा चिनियाँ नाकाबाट सुन भित्र्याउने समूहले चीनको आफ्नै सामाजिक सञ्जाल ‘वी च्याट’ प्रयोग गर्छन् । ‘वी च्याट’ मा भएको कुराकानी मेटाइसकेपछि रिकभर गर्न सकिँदैन । 

भरियाले सुन काठमाडौं ल्याइसकेपछि काठमाडौंमा सुन प्राप्त गर्नेको फोटो ‘वी च्याट’ मा पठाइन्छ । त्यही फोटो र नम्बरको आधारमा कोड भाषाको प्रयोगबाट सुन प्राप्त गरिन्छ । तर उनीहरुलाई एकअर्काको बारेमा जानकारी हुँदैन । नेपालमा तस्करीमार्फत् आएको ठूलो मात्राको सुन भने भारतमै खपत हुने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro