site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. केसीप्रति सरकारका प्रवक्ताको कटाक्ष– सल्लाको डोरी बाटिँदैन

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिकित्सक गोविन्द केसीको अनसनको औचित्य समाप्त भएको बताएका छन् । उनले विष्णु माझीको गीतझैँ सल्लाको टपरी गाँस्न नपनि नमिल्ने, डोरी बाट्न पनि नमिल्ने भन्दै अनसनको शृंखला अन्त्य गर्नुुपर्ने धारणा राखे ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले १५ औँ अनसनमा भएको सहमति कानुनीकृत भर्इ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेकाले केसीले माग पूरा भएको खुसीयाली मनाउन आग्रह गरेका छन् ।

उनले सदनले पास गरेको कुरालाई कार्यान्वयन गर्न सघाउँदै खुसीयाली मनाउँदै जनताका बीचमा सिटामोल लिएर जान अनुरोधसमेत गरे ।

प्रमुख प्रतिपक्ष ग्रीक मिथ सिसिफसको पात्रजस्तो भएको उनले बताए । उनले प्रमुख प्रतिपक्षीले जुन माग राखेर सदन अवरुद्ध गरिरहेको छ, ती माग पूरा भइसकेकाले सिसिफसको पात्रजस्तो नहुन आग्रह गरे । त्यस्तै, उनले आफू प्रधानमन्त्री हुँदा चिकित्सक केसीको माग पूरा गर्न कुनै तत्परता नदेखाउने तर प्रतिपक्षमा भएका बेला बोकेर हिँड्नुको अर्थ नरहेको बताए ।

केसीको माग पूरा भइसकेकाले बस्ने ठाउँको बन्दोवस्त नभई जसले जहाज उडाउनेले नै अवतरण गर्नुपर्ने उनको भनाइ थियो । प्रमुख प्रतिपक्षीको आन्दोलनलाई, सदन अवरुद्धलाई बास्कोटाले सत्ता गुमेको कुण्ठा र छटपटाहट भएको टिप्पणी गरे । उनले एउटै विषयलाई बारम्बार जोडेर अधिनायकवादी भन्नुको तुक नरहेको पनि बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro