site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मला हत्या योजनाबद्ध कि आकस्मिक ? सेनामाथिको निगरानी कायमै
SkywellSkywell

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा ५० जनाको डीएनए परीक्षण भइसकेको छ । प्रहरी स्रोतका अनुसार अझै केहीको नमुना संकलन गर्ने तयारी छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत बनाएर जारी अनुसन्धान सकारात्मक पाटोमा अघि बढेको प्रहरी बताउँछ । दैनिक २–३ शंकास्पदलाई ल्याएर सोधपुछ गर्ने काम भइरहेको बताइएको छ । बलात्कारपछि हत्या भएको ६ महिना बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसक्दा प्रहरी आलोचनाको तारो बनेको छ । 

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायत अनुसन्धान सकारात्मक पाटोमा अघि बढेको र ढिलोचाँडो परिणाम आउने बताउँछन् । कडायतले भने, ‘‘पछिल्लो समय स्थानीय पनि प्रहरीलाई सूचना संकलनमा सहयोग गरिरहेका छन् । विगतभन्दा प्रहरीप्रति स्थानीयको विश्वास बढ्दै गएको छ । यसले अनुसन्धान सहज हुँदै गएको छ ।’’ 

KFC Island Ad
NIC Asia

उनले थपे, ‘‘विभिन्न कोणबाट अनुसन्धान जारी छ । घटना उखुबारीमै भएको यकिन गरेका छौं । सूचना संकलन तिव्र बनाएका छौं । समय त तोक्न सकिन्न, तर हत्यारालाई उम्किन दिँदैनौ ।’’ अनुसन्धानमा लापरवाही गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्टलाई जिम्मेवारीबाट हटाइएपछि एसपी कडायतले कञ्चनपुरको नेतृत्व सम्हालेका हुन् । कडायतको बुझाइमा निर्मला बलात्कार र हत्या योजनाबद्ध नभएर आकस्मिक रुपमा घटेको घटना हो । उनले भने, ‘‘घटनास्थल, साउन १० गतेको अवस्था सबैलाई अध्ययन गर्दा बाटोमा ढुकेर कसैले घटना गरेको हो जस्तो देखिन्न ।’’

अनुसन्धान साँघुरिँदै गएको प्रहरी अधिकारीले बताउँदै आएका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) र कञ्चनपुर प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘अनुसन्धान त पेचिलो छ नै । तथ्य केलाउने प्रयास गर्दैछौं तर अनुसन्धान विगतको तुलनमा केही सहज हुँदै गएको छ ।’’ 

Royal Enfield Island Ad

सेनामाथिको निगरानी कायमै
प्रहरीले साउन १० गते बाहिर निस्किएका सेनाका व्यक्तिमाथि समेत निगरानी कायमै राखेको छ । एक अधिकारीका अनुसार सेनामाथि अनुसन्धान गर्न जटिलताहरु भने छन् । उनले भने, ‘‘उनीहरुले नै घटना गराएका हुन् भन्ने कुनै आधार त छैनन् । तर केहीमाथि निगरानी बढाएका छौं ।’’

स्रोतका अनुसार कतिपयले सेनामाथि समेत अनुसन्धान गरिनुपर्ने बताएपछि साउन १० गते ब्यारेकबाट बाहिरिएका सेनाको विवरण मागिएको थियो । योबाहेक प्रहरीले घटनापछि शंकास्पद व्यवहार देखाउँदै आएका, गायब भएकाहरु र आन्दोलन चर्किंदै गएपछि नदेखिएका शंकास्पद व्यक्तिहरुमाथि पनि निगरानी बढाएको छ । ‘‘घटनाक्रम केलाउँदै लगेका छौं । अनुसन्धानमा कुनै कसर बाँकी राखेका छैनौं । हजारौंबाट केलाउँदा केलाउँदै १०–१२ जनासम्म पुगेका छौं,’’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । 

घटना एकजनाबाटै ?
प्रहरी अधिकारीका अनुसार निर्मलाको बलात्कार र हत्यामा एकजनाको मात्रै संलग्नता हुनसक्ने सम्भावना छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको बुझाइमा एकजनाबाट मात्रै भएको घटनामा प्रमाणको अभाव रहेको अवस्थामा अभियुक्तको पहिचान गर्न निकै गाह्रो हुन्छ ।

‘‘निर्मलाले सामाजिक सञ्जाल, मोबाइल प्रयोग गर्थिनन् । प्रयोग गर्ने गरेको भए अनुसन्धान निकै सहज हुन्थ्यो । तरपनि हामीले भ्याएसम्मका प्रविधिको प्रयोग गरेका छौं । अचूक प्रमाणको अभावमा म्यानुअल अनुसन्धानमै हाम्रो जोड छ,’’ प्रहरीको भनाइ छ, “एकभन्दा बढी व्यक्तिको संलग्नता भएको भए केही न केही कुरा पक्कै निस्किन्छ । त्यसैले यो घटनामा एकजनाको मात्रै संलग्नता हो कि भन्ने लागेको छ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०७५  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro